मुक्ति समाज बाणगंगा नगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा विक

नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाज बाणगंगा नगर कमिटीको अध्यक्षमा केशब बहादुर विक चयन हुनुभएको छ । संगठनको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा विक सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । जसको उपाध्यक्षमा गणेश परियार, सचिवमा कमला विक, सचिवमा माया परियार, कोषाध्यक्षमा देवकला सुनार अन्य सदस्य गरि १५ सदस्यीय नगर कमिटी गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय सदस्य टिकाराम सुनारले नवनिर्वाचित कमिटीलाई बधाई ज्ञापन गर्दै अझ मजबुत र बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीलाई बलियो बनाउन संगठनको अहम भुमिका रहेको बताउँदै रचनात्मक कार्य गर्नुपर्ने बताउनुभयो ।

अधिवेशनमा पार्टीका जिल्ला अध्यक्ष बाबुराम खनाल, उपाध्यक्ष शंकर पाण्डे, नगर कमिटी अध्यक्ष सोमनाथ अर्याल, सचिवालय सदस्य युवराज पोख्रेल, संगठनका जिल्ला अध्यक्ष राम प्रघट कोरी, जिल्ला कमिटी सदस्य सुन्दर पाण्डे, पुर्ण चन्द्र परियार, दिल बहादुर खाती, प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझी, प्रेस चौतारी नेपालका प्रदेश सदस्य राम बहादुर गन्धर्व लगायतको आतिथ्यता रहेको थियो ।

संगठनका निवर्तमान अध्यक्ष कृष्ण बहादुर विकको अध्यक्षता, सदस्य रघुनाथ विकको स्वागत मन्तब्य तथा सचिव गणेश परियारको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

धेरै पढिएको

ताजा समाचार