चन्द्रौटा
शिवराज ५ मा बसोबास गर्ने १ पुरुषले १५ वर्षीया बालिकालाई बिगत १ बर्ष देखि करणि गर्दै मानसिक याताना समेत दिदै आएको घटना सार्बजनिक भएको छ । पटक–पटक जबरजस्ती करणी गरेको र बालिकाले बाहिर भन्छु भन्दा तेरो आमा र घरपरिवारलाई मार्दिन्छु भन्दै डर त्रास,धम्की दिने गरेकाले पीडित बालिकालेले कतै बाहिर जानकारी गर्न नसकेको बताएकि छ्न । महिला अधिकार कर्मी मिना परियार लगायतको पहलमा यो घटना बाहिर आएको हो । ती पुरुषलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा ४४ वर्षीय एक पुरुष रहेका छन्। प्रहरीका अनुसार राजु सिंह विकले बालिकालाई विभिन्न किसिमका धम्की दिई पटक–पटक यौन शोषण गरेको बालिकाले बताएकी छिन। घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।
स्थानीय तहले प्रत्येक बर्ष हिंसा प्रभावितको लागि भनेर बजेट बिनियोजन गर्छ तर त्यस्को प्रभावकारी कार्यनयन भने देखिदैन ।
प्रभावितले सहयोग पाईहाले भने पनि त्यस्को प्रक्रिया निकै लामो देखिन्छ।








