शिवराज वडा नं.२ मा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न । जेनिथ बोङ्गिङ्ग इङ्लिश स्कुलद्धारा प्रथम स्थान हासिल ।।



चैत्र ४ गते, चन्द्रौटा(कपिलवस्तु)
विद्यालय स्तरीय तथा टोलस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा नं. २ वडा कार्यालयद्धारा आयोजित प्रतियोगितामा विद्यालयतर्फ १८ जना तथा टोल विकास संस्थातर्फ २७ जनाको सहभागिता रहेको वडा सचिव नारायण पंगेनीले जानकारीदिनु भयो ।
विद्यालयस्तरीय प्रतिस्पर्धामा जेनिथ बोङ्गिङ्ग इङ्लिश स्कुल (ख) समूह प्रथम स्थान हासिल गर्न सफल भयो । जनता आधारभूत विद्यालय (ख) समूह द्वितीय तथा जनता आधारभूत विद्यालय (क) समूह तृतीय स्थान प्राप्त गर्न सफल भएका छन । त्यस्तै टोल विकास संस्थातर्फ मद्रहवा टोल विकास संस्था प्रथम, बसन्तपुर टोल विकास संस्था द्वितीय तथा प्रगतिशील टोल विकास संस्था तृतीय स्थान हासिल गरेका छन ।

प्रतियोगितामा विद्यालयका सहभागी विद्यार्थीहरूलाई शैक्षिक तथा सामान्य ज्ञानसम्बन्धी प्रश्नहरू सोधिएको थियो भने टोल विकास संस्थाका प्रतिनिधिहरूलाई सामाजिक गतिविधि तथा सरसफाई सम्बन्धी विषयमा प्रश्न सोधिएको वडा सचिव पंगेनीले जानकारी दिनुभयो ।

यस्ता प्रतियोगिताले गाउँघरमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै विद्यार्थी तथा अभिभावकको आनीबानी र व्यवहारमा पनि सकारात्मक परिवर्तन ल्याउने विश्वास वडा नं. २ का अध्यक्ष रामबहादुर चौधरीले ब्यक्त गर्नुभयो ।

कार्यक्रम नगर उपप्रमुख शिवकुमारी थारुको विशिष्ट आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलको प्रमुख आतिथ्यता, प्रशासन प्रमुख विपिन खनालको आतिथ्यता र वडा सचिव नारायण पंगेनीको सञ्चालनमा सम्पन्न भएको थियो ।

धेरै पढिएको

ताजा समाचार