
चैत्र ७ गते /कपिलवस्तु
नेपाल उत्पिडन जातीय मुक्ति समाज शिवराज नगरकमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट फर्स बहादुर बिश्वकर्माको अध्यक्षतामा २१ सदस्य कमिटी गठन भएको छ ।
कार्यक्रमका प्रमुख अथिति नेकपा एमाले कपिलबस्तुका सचिव चन्द्रबहादुर गहतराज (सिबि)ले दलित समुदाएले जब सम्म एकजुट हुन सक्दंैनौं तब सम्म बिभिन्न खालका बिभेद भोग्नु पर्ने बताउँदै आफ्नो हकहितका निमिक्त एक हुनु पर्नेमा जोड् दिनु भयो । प्रमुख अथिति गहतराजले दलित समुदाएले अहिले पनि बिभिन्न खाल्का हिंसाको सिकार हुनु परेकोमा दुख ब्यक्त गर्नु भयो । हिजो दलित समुदाए माथि हुने बिभेद सार्वजनिक रुपमा खुलमखुल्ला हुन्थ्यो भने आज बिभेदको स्वरुप परिवर्तन भएको छ । त्यो बिभिन्न बाहानामा दलित समुदाएले भोग्न बाध्य भएको बताउनु भयो । अब बिभेद हटाउने प्रमुख हतियार शिक्षा र सिप र संठठित हुनु अहिलेको आवश्यकता भएको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा नेपका एमाले केन्द्रिय सदस्य तथा कपिलबस्तु इन्चार्ज गिरीधारिलाल न्यौपानेले नेकपा एमालेको महत्वपूर्ण भातृ संगठन मुक्ति समाज भएकाले यसलाई ससक्त ढंगबाट अंगाडी बढाउनु पर्ने उल्लेख गर्नु भयो । दलित समुदाएले भोग्नु परेका समस्या घरघरमा पुगेर बुझनु पर्ने र संबिधानमा लिपिबद्ध भएका अधिकारलाई स्थापित गर्दै कार्यान्वयन गर्नु पर्ने जोड दिनु भयो । कार्यक्रमका बिषेस अथिति नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बाबुराम खनालले बिगतमा नेकपा एमालेलाई गरिब दुखि,बिभेदमा परेका समुदाएको पार्टी भन्ने गरिन्थ्यो अहिले त्यो अबस्थामा कमि आएको देखिन्छ त्यसै सम्पूर्ण युवा पुस्तालाई अध्ययन गर्ने,जान्ने,नयाँकुरा थाहा पाउने,बिभेदको प्रतिकार गर्ने,अधिकार स्थापित गर्न पहल गर्ने जस्ता कुरामा लाग्न अनुरोध गर्नु भयो । नेकपा एमालेमा आबद्ध संगठित सदस्य तथा सम्पूर्ण भातृ संगठनमा लागेर खुलेर लाग्न अनुरोध गर्नु भयो ।
त्यस्तै दलित आयोगका पुर्व सदस्य बेगम बिश्वकर्र्माले मुक्ति समाजले आवाज बिहिर दलित समुदाएको आवाज बोल्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले शिवराज नगरकमिटी अध्यक्ष महादेब पोखरेलले संबिधानमा लिखित भएका दस्तावेजलाई ब्यबहारमा लागु गरौं,कार्यक्रमको बेला मात्र नभएर अन्य समयमा पनि छुवाछुत बिरुद्ध आवाज उठाउँ त्यसको लागि नगरकमिटी तयार रहेको बताउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिका पुर्व मेयर नेत्रराज अधिकारीले छुवाछुत एक अपराध हो यस्को खुलेर बिरोध गरौं र कार्यान्वयन गरौं भननु भएको थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य जगत पौडेलले हिजोको दिनमा केहि ब्रामणबादि चिन्तन भएका ब्यक्तिको कारण आज सम्म दलित समुदाएले बिभिन्न खालका हिंसा सहनु परेको बताउनु भयो । सदस्य पौडेलले दलित समुदाएले पनि संस्कृत अध्ययन गर्नका लागि शिवराजबाटै पहल गरौं भन्ने जस्ता महत्वपुर्ण भनाइ राख्नु भएको थियो ।
कार्यक्रममा शिवराज नगरपालिका कार्यपालिका सदस्य खगि सुनारले अहिले सम्म दलितमाथि भएका हिंसा निन्दनीय भएको बताउँदै पत्यक घरबाट छुवाछुत बिरुद्धका आवाज उठनु पर्ने बताउँनु भयो । राम प्रघटकोरी,रणदिप खतिवडा लगायतले मनतब्य राख्नु भएको कार्यक्रम टीका बिश्वकर्माको स्वागत मनतब्य,फर्स बहादुर बिकको अध्यक्षतामा चन्द्र बहादुर गहतराजको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको संचालन शिवराज नगरपालिका कार्यपालिका सदस्य पे्रम सुनारले गर्नु भएको थियो ।