
चैत्र २७ गते / कपिलवस्तु
सिद्धार्थ बाल विकास केन्द्रले चौथो बार्षिकोत्सव नतिजा प्रकाशन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । जिल्लाको शिवराज नगरपालिका–५, चन्द्रौटामा रहेको केन्द्रले आइतबार कार्यक्रम गरेको हो । सो विद्यालयको ९९.९९ प्रतिशत नातिजा ल्याउन सफल भएको विद्यालयले जनाएको छ ।
शिवराज नगरपालिकाका खेलकुद संयोजक सन्तोष चौधरीले विद्यार्थी काँचो माटो हुन त्यसलाई जग बलियो बनाउन आवश्यक रहेको बताए । शिक्षक पूर्णता नभएको बताउँदै अभिभावकले समेत बालबालिकालाई ध्यानमा राखी शिक्षामा पनि उत्तिकै महत्वपूर्ण भएको उनले उल्लेख गरे ।
नतिजा प्रकाशन कार्यक्रममा बोल्दै सञ्चालक तथा प्रधानाध्यापक सुरेन्द्र प्रसाद चौधरीले विद्यालयको मोबाइल एप्सबाट बालबालिकाहरुका शैक्षिक गतिविधि तथा बिल भुक्तानी गर्ने विधुतिय अनलाईन प्रणाली सञ्चालन गर्ने योजना ल्याएको बताए । प्रधानाध्यापक चौधरीले त्यतिमात्र नभएर शिक्षकहरुको बालबालिकालाई निःशुल्क रुपमा अध्यापन गराउँदै आएको जिकिर गरे ।
मन्टेश्वरी तथा प्ले ग्रुपका सम्पूर्ण शैक्षिक सामग्री व्यवस्थान सहित धमाधम भर्ना सञ्चालन रहेको उनले बताए । गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजा निकालेमा अभिभावक सहबुद्दिन बन्जारा मुसलमानले प्रशंसा गरे । कार्यक्रमलाइ इन्दु थारू, प्रकाश थारू, किडार्क नेपालका विरिष्ठ क्षमता अभिवृिद्व अधिकृत विनाेद केवट र एन प्यवसनका कपिलवस्तु अध्यक्ष युवराज अधिकारी लगायतले कार्यक्रमलाइ सम्बाेधन गरेका थिए ।