बाल बिबाह विरुद्ध तथा लैङ्गकि हिंसा अन्त्यका लागि क्षमता विकास कार्यक्रम सप्पन्न ।


जेष्ठ ८ गते/ कपिलवस्तु
आज सुभलक्षमी बहुउद्देश्यीय सहकारी सस्थाको समन्वयमा सिद्धार्थ सामाजिक बिकास केन्द्र तथा unicef को सहयोगमा बालबिबाह अन्त्यका लागी बालसंरक्षण प्रबर्द्धन कार्यक्रम अन्तरगत बाल बिबाह लैङ्गकि हिंसा अन्त्य तथा बाल संरक्षण सम्बन्धि सरोकारवाला बिच क्षमता बिकास कार्यक्रम समपन्न भएको छ । कार्यक्रमका प्रमुख अथिती शिवराज नगरपालिका वडा ५ का वडा अध्यक्ष नेत्र बेल्बासेले रुपान्तरण कक्षा संचालनले यहाँका किशोर किशोरीको चेतनास्तर बिकास भयकोमा खुसी ब्यत्त गर्नु भयो । किशोर किशोरी सचेत भयमा स्वतह बालबिबाह कम हुने बताउनु भयो । अध्यक्ष बेल्बासेले शुभलक्षमी सहकारिले महिला तथा किशोरीलाई टेवा दिने खालका कार्यक्रम तय गरेकोमा धन्यवाद दिदै वडाले पनि यस्ता कार्यक्रममा आगामी वर्षमा सहयोगको लागी योजना गर्ने बताउनु भयो ।

कार्यक्रममा बालबिबाह अन्त्यका लागि के के गर्न सक्छौं ?बाल बिबाह गर्दा हुने नकारात्मक प्रभाव,यस्को सामाजिक प्रभाव, अहिले संचालनमा रहेको सम्बाद केन्द्रले प्रभाव कस्तो छ लगायतका बिषयमा छ्लफल भयको थियो ।
कार्यक्रममा शुभलक्षमी सहकारिका पुर्व अध्यक्षहरु, किशोरी,महिला स्वयंसेविका,प्रहरी,सहकारी कर्मी,जन प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
प्रशिक्षण सिद्धार्थ सामाजिक बिकास केन्द्रका नारायण घिमिरे र unicef माधव बरालले दिनु भयको थियो।
कार्यक्रम शुभलक्षमी बहुदलीय सहकारी सस्थाका अध्यक्ष बिष्णु पोखरेलको अध्यक्षतामा,शिवराज नगरपालिका वडा न५ का अध्यक्ष नेत्र प्रसाद बेल्बासेको
प्रमुख अथित्यतामा,वडा सदस्य सीता रेग्मिको आथित्यतामा समपन्न कार्यक्रमको संचालन सस्थाका सचीव देबि सारुले गर्नु भयको थियो ।

धेरै पढिएको

ताजा समाचार