दृष्टिदोष हटाउन छन्दकाले बाबु नारायणि आँखा अस्पतालको पहल ।


जेष्ठ, १९ गते
दष्टिदोष जोगाउन छन्दकाले बाबु नारायणि आँखा अस्पतालले पहल गरेको छ । आँखा जस्ले गर्दा हामिले संसार उज्यालो कि अध्यारो छुट्टाउन सक्छौं । रंगिन संसारको उज्यालो चमक देखाउने आँखा एक छिन पनि बन्द गर्नुपर्दा हामि आत्तिन्छौं । आखाको दृष्टी बिनाको कल्पना समेत गर्न सक्दैनौं । त्यसैले हामि पनि आफनो आँखाको बारेमा सचेत र जिम्मेवार बन्नु पर्दछ । हो यस्तै हाम्रो आँखाको स्वास्थ्यमा कुशल्तापुर्वक जिम्मेवारी निर्वाह गर्दै आएको छ नेपाल नेत्र ज्योतीसंघ आँखा स्वास्थ्य कार्यक्रमे राप्ती तथा बहादुरगंज अन्तरगतको छन्दकाले बाबु नारायणि आँखा अस्पताल बहादुरगंजले ।
आजको यस रिपोर्टमा दृष्टिदोष,यस्को प्रभाव र गतवर्ष र अहिलेमा फरक बारे डाक्टर सु लक्ष्मी कटुवाल तथा सेवा ग्राहीसंग गरिएको कुराकानीलाइ जोड्नेछौं । छन्दकाले बाबु नारायणि आँखा अस्पताल बहादुरगंजमा बिगत लामो समयदेखि काम गर्दै आउनु भएका डाक्टर सुलक्ष्मी कटुवालले दृष्टिदोष भन्नाले आँखाले ठिकसंग नदेख्नु र आँखाको बनावटमा कुनै परिवर्तन आएमा हुने समस्या लगायतका कारण हुने भन्दै यस्तो बताउनु हुन्छ ।


दृष्टिदोषलाई ४ प्रकारमा बिभाजन गर्न सकिरन्छ भन्नु हुन्छ पुनह डाक्टर सु लक्ष्मी कटुवाल बहादुरगंज शाखाबाट सेवा लिएका निता पौडेल यस्तो बताउनु हुन्छ । दृष्टीबारेमा बोल्दै डाक्टर कटुवालका अनुसार नेपालका भन्दा भारतका बिरामी बढी आउने गरेको बताउनु भयो । त्यस्तै सरीताले आँखामा समस्या आएपछि उपचार गराएर चस्मा लगायपछि समस्या कमाधान भएको बताउनु हुन्छ । त्यसतै सेवा ग्राही टेकराज पौडेलले यस्तो बताउनु हुन्छ ।
बहादुरगंजबाट दृष्टिदोष सम्बन्धि बिगत र अहिले तुलना गर्दा २०२३ मा १३ हजार १ सय ९८ जनाले २०२४ मा १३ हजार ७ सय ७३ र २०२५ मा १५ हजार १ सय ६२ जनाले चस्मा लिएको देखिन्छ ।
दृष्टिदोष बिशेष गरि ५ देखि १५ वर्ष सम्मको उमेरमा १० देखि १८ प्रतिशत ब्यत्तिमा देखिने गरेको छ अहिले डाटाका हिसावले दृष्टिदोष धेरै देखिए पनि समस्या बिस्तारै कम भएको चिकित्सकको भनाइ छ । कोबिटको समस्यामा ल्यापटप कम्प्यूटर,टीबि र मुवायल धेरै प्रयोगले समस्या बढेको र अहिले यस्को समस्या कम हुदै गरेको पाउन सकिन्छ । आँखा शरिरको महत्वपुर्ण र संबेदनशिल अंग हो । दृष्टि गुमाउन नपरोस भन्नका लागि आँखा स्वास्थ्य कार्यक्रम अन्तरगत रहेको राप्ती तथा बहादुरगंज अन्तरगतको छन्दकाले बाबु नारायणि आँखा अस्पताल बहादुरगंज शाखाले कपिलबस्तुका बिभिन्न पालिकासंग समन्वय गरि नागरिकको आँखा सम्बन्धि समस्या हल गर्नका लागि सिबिर तथा बिभिन्न कार्यक्रम सम्परन्न गर्दै आएको छ ।
कदृष्टिदोष जोगाउन हरेक नागरिक सचेत हुन आवश्यक छ । आँखामा सानो समस्या भए पनि लाजप्रवाही नगरि आँखाजाँच गरी चिकित्सहकको सल्लाह अनुसार उपचार गराउन सकेमा दृष्टिदोष मगर्न सकिन्छ ।

धेरै पढिएको

ताजा समाचार