विभेद र हिंसाको अन्त्य आआफ्नो घरबाट गर्नपुर्ने : प्रदेश सभा सदस्य के.सि


मंसिर ९ गते । चन्द्रौटा
कपिलवस्तु शिवराज चन्द्रौटामा आज एक कार्यक्रम बिच दिप प्रज्वलन गरि महिला हिंसा विरुद्ध १६ दिने अभियान शुभारम्भ भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै विभेद र हिंसा आआफ्नो घरबाट अन्त गर्नपुर्ने लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन के.सिले बताउनु भएको छ । बढ्दो सामाजिक संजालको विकास संगै दुरुपयोग बढेकोले यसलाई अत्यन्तै महत्वका साथ चलाउनुपर्नैमा लुम्बिनी प्रदेश सभा सदस्य के.सिले जोड दिनुभयो ।


त्यस्तै घर भित्र हुने बुबाले आमालाई, छोराले बुहारीलाई गरिने विभेद र हिंसालाई सर्बप्रथम अन्त्य गर्नु पर्दछ अन्यथा यस्ता कार्यक्रमले सार्थकता नपाउने शिवराज नगर प्रमुख अजय थापाले बताउनु भयो ।


प्रविधिको सहि प्रयोग गराँै, लैंगिक हिंसा अन्त्य गरौँ भन्ने मुल नारा सहित २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म संचालन हुने १६ दिने अभियान शिवराज नगरपालिकाले विबिध कार्यक्रमको आयोजना गरेको छ । सिद्धार्थ सामाजिक विकास केन्द्र, किर्डाक नेपाल, शान्ति पुर्नस्थापना केन्द्र, साना हात नेपाल र छन्द काले आखाँ अस्पताल बहादुरगंज लगाएतका दर्जनौ संस्थाहरुको एक्यवद्धता रहेको उदघाटन कार्यक्रमको स्वागत मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापती विष्णु खतिवडाको स्वागत, शिवरा नगर उप प्रमुख शिव कुमारी थारुको अध्यक्षता र महिला तथा बालबालिका शाखा जिवा के.सिको संचालनमा कार्यक्रम संचालन भएको हो ।

धेरै पढिएको

ताजा समाचार