हिमपात साना किसान कृषि सहकारी संस्थाको ९ औँ साधारण सभा सम्पन्न।


हिमपात साना किसान कृषि सहकारी संस्थाको नवौँ साधारण सभा सम्पन्न भएको छ। शिवराज नगरपालिका वडा नम्बर ५ मा रहेको दुर्गा मन्दिरमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि पूर्व मेयर नेत्रराज अधिकारी ले संस्थामा आबद्ध कृषक सदस्यहरूलाई सहयोग गर्दै रोजगारको अवसर प्रदान गरेको र आगामी दिनमा पनि यस्ता कार्य गर्दै अगाडि बढ्न समेत आग्रह गर्दै हाम्रो देश कृषिप्रधान देश भएकाले यो सहकारी बचत र ऋण लगानी मात्र नभई कृषकको मर्मअनुसार अगाडि बढेको र कृषि कार्य गर्दै आउनुभएका कृषकहरूको सम्मान गरेकाले अत्यन्त सरानीय कार्य गरेको बताउनुभयो। आगामी दिनमा अरु कृषकहरूको आत्मविश्वास बढ्ने गरी कार्य गर्न समेत उहाँले आग्रह गर्नुभयो।
कार्यक्रममा सहकारीमा आबद्ध रहेर उत्कृष्ट कार्य गर्ने सदस्यहरूलाई सम्मानपत्र दोसल्ला साथै कृषकहरुलाई आवश्यक गाबु स्प्रे लगायत सामग्रीले सम्मानित गरिएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुखहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो। जसमा शिवराज सहकारी सञ्जालका संयोजक सरद अधिकारी व्यापार संघ कपिलवस्तुका अध्यक्ष सहकारी संस्थाका सल्लाहकार संयोजक विष्णुप्रसाद खतिवडा सदस्य नेत्रप्रसाद बेलबासे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रम शुभराज नगरपालिकाका पूर्व मेयर नेत्रराज अधिकारीको प्रमुख आतिथ्यता विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको आतित्यता रहेको कार्यक्रममा संस्थाका अध्यक्ष जीवन केसीले गत आर्थिक वर्षमा सम्पन्न भएका गतिविधि तथा उपलब्धिहरूको समीक्षा गर्दै आगामी वर्षका योजना र कार्यक्रमहरू प्रस्तुत गर्नुभएको थियो।
सभामा सहकारीको वित्तीय अवस्था, सदस्य सेवा विस्तार तथा भविष्यका रणनीतिबारे समेत छलफल गरिएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका प्रबंधक सरस्वता के सीले गर्नु भएको थियो

धेरै पढिएको

ताजा समाचार