शिवराज नगर पालिका वडा न ४ मा नगरस्तरीय श्रमिक महिला सम्मेलन समपन्न भएको छ । शिवराज नगरपालिका उपप्रमुख शिव कुमारी चौधरीको प्रमुख आथित्यतामा समपन्न भएको हो ।
प्रमुख अथिती चौधरीले आफू सधै श्रमिक महिलाको पक्षमा रहेको बताउनु भयो । काम गर्दा परेका समस्यालाई हल गर्न र श्रम अनुसारको ज्यालाका लागि नगरपालिका सधै श्रमिकको साथमा रहेको बताउनु भयो ।
त्यस्तै नगर प्रमुख अजय थापाले भन्नू भयो रोजगार कम्पनी संग निरन्तर श्रमिकको पक्षमा वकालत गरेको र बिगतमा भन्दा अहिले केही सहज मससुस गर्नु भएको होला ।
नगर प्रमुख थापाले समान कामको समान ज्याला को लागि पनि वकालत चलिरहेकको छ ।
कार्यक्रममा विभिन्न वडाबाट उपस्थित महिला तथा पुरुषले श्रमिकले भोग्नु परेका समस्या बताउदै श्रमिकले बिगतमा भोग्नु परेका समस्या बारे श्रमिक आफैले वकालत गर्न सुरु गरेको बताउदै काम गर्ने क्रममा केही सुधार सहज भएको बताएका छ्न । श्रमिक एकजुट हुदा वकालत गर्न सहज भएको र श्रमिकले पाउने पारिश्रमिकमा पनि वृद्धि भएको बताएका छ ।
अधिकास श्रमिकहरुले आफू आहिले सम्मानित भएको महसुस गरेको बताएका छ्न ।









