पुष २५ गते
सर्बोदय महिला बचत तथा ऋण २० औं साधारणसभा सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा न.१ मा अबस्थित सहकारीले २० बर्ष पहिले २५ जना सदस्यबाट सुरुगरीएको सहकारीमा अहिले जम्मा ६३५ सदस्य रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अथिति शिव कुमारी चौधरीले उत्पादनमुलक कार्य गर्न अनुरोध गर्नु भएको छ । सहकारीले बचत र लगानी मात्र गरेर नपुग्ने बताउदै महिलाहरु स्वरोजगार हुन आवश्यक रहेको बताउनु भयो । महिला सहकारीलाई नगरपालिकाले विशेष सहयोग गरिरहेको बताउदै सर्बोदय महिला सहकारीलाई यहि आर्थिक बर्षको लागि पनि सशक्तीकरण अन्तरगत कार्यक्रम छुट्टाएको बताउनु भयो।
त्यस्तै कार्यक्रमका विशेष अथिती शिवराज नगरपालिका वडा न.१ का वडा अध्यक्ष खिम बिक्रम केसिले महिला सशक्त हुनु पर्नेमा जोड दिनु भयो । वडा कार्यलयले सदैब सहयोग गर्ने समेत बताउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिका सहकारी बिभाग प्रमुख सहकारीले समयमा रिपोर्ट बुझाउनु पर्ने बताउनु भयो । बिभाग प्रमुख कडेलले सहकारीको सङ्ख्या वृद्धि गर्नु भन्दा नियम र समय अनुसार ब्यबस्थापन गर्दै लैजानु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा सस्थाका ब्यबस्थापक लक्षमी पोखरेलले आर्थिक प्रतिबेदन माफ्मार्फत ४ करोड बराबर आय ब्याय प्रस्तुत गर्नु भयो ।
प्रत्यस्तै प्रतिबेदन निमा थारु ओरस्तुत गर्नु भएको थियो।
सोही अवसरमा ७० बर्ष भन्दा माथीका बृद्ध आमाहरुले दोसल्ला वडाएर सम्मान गरिएको थियो । त्यस्तै समुहका अध्यक्ष तथा असल ऋणि र प्रमुअथिती तथा बिशिस्ट अथितीलाई सम्मान गरिएको थियो।
कार्यक्रम संचालन सचीव एशोदा बट्टाई र सहसचिब हिमा मान्ती थारुके गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष टीका कामीले गर्नु भएको थियो ।









