कपिलवस्तुका गोपाल नेपालीमा मेलानोमा क्यान्सर पुष्टि | सहयोगको अपिल


 

कपिलवस्तु — शिवराज नगरपालिका वडा नं. ११, नयाँबस्ती निवासी ४६ वर्षीय गोपाल नेपालीमा मेलानोमा (छालासम्बन्धी गम्भीर प्रकारको क्यान्सर) पुष्टि भएको छ। हाल उहाँको उपचार B.P. Koirala Memorial Cancer Hospital मा उपचार भैरहेको छ।

परिवारका अनुसार केही समयदेखि स्वास्थ्यमा समस्या देखिएपछि जाँच गर्दा मेलानोमा क्यान्सर देखिएको हो। चिकित्सकहरूको निगरानीमा उहाँको उपचार प्रक्रिया जारी रहेको छ।

स्थानीय बासिन्दाहरूले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग र साथको अपेक्षा गरेका छन्। साथै, यस्ता गम्भीर रोगको समयमै पहिचान र उपचारको महत्वबारे पनि सरोकारवालाहरूले जोड दिएका छन्।

धेरै पढिएको

ताजा समाचार