स्वास्थ्य बीमा बोर्ड, कपिलवस्तु जिल्ला सम्पर्क कार्यालयको दशौँ वार्षिकी सम्पन्न।।।

नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड, कपिलवस्तु जिल्ला सम्पर्क कार्यालयको दशौँ वार्षिक उत्सव भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ। कार्यक्रम कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार पाण्डेको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो।
कार्यक्रममा नगरपालिका मेसु संजोग शिवकोटी, आधारभूत अस्पताल शिवराजका अमित पाण्डे, कपिलवस्तु नगरपालिका बीमा प्रमुख राजेश चौधरी, आधारभूत अस्पताल विजयनगरका प्रमुख इन्द्रप्रसाद भण्डारी, स्वास्थ्य बीमा बोर्ड कपिलवस्तुका दर्ता अधिकारीद्वय सूर्यप्रसाद पाण्डे र प्रविन चौधरी लगायत कपिलवस्तु जिल्लाभरिका सम्पूर्ण दर्ता सहयोगीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता स्वास्थ्य बीमा बोर्ड कपिलवस्तुका संयोजक विशिष्ट तिवारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य दर्ता अधिकारी सूर्यप्रसाद पाण्डेले व्यक्त गर्नुभएको थियो।
सो अवसरमा अध्यक्ष तिवारीले कपिलवस्तु जिल्लामा सञ्चालन भइरहेको स्वास्थ्य बीमा कार्यक्रमको समग्र अवस्थाबारे सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

धेरै पढिएको

ताजा समाचार