निरन्तर संस्कार संरक्षणमा रेडियो भ्वाईसद्धारा तिज कार्यक्रम


भदौ ५ गते , कपिलवस्तु
“परिवर्तनका लागि संचार” परिवर्तन संचार गृहद्वारा संचालित सामुदायिक रेडियो भ्वाइस १०२.४ मेघाहर्जद्वारा हरितालिका तिज २०८२ काे अवसरमा शुभकामना आदानप्रदान तथा मौलिक तिज मिलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम परिवर्तन संचार गृहका संस्थापक अध्यक्ष निशा विश्वकर्माकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अथितिको गिर्घबाट बोल्दै प्रमुख अथिती बिश्वकर्माले
मिडिया समाजको ऐना हाे जसले समाज रुपान्तरणकाे अभियानमा आवाज विहिनकाे आवाज वाेल्न अनि सकारात्मक र दिगो विकासको लागि समाजका हरेक नकारात्मकतालाई उज्यालो ज्याेतिमय सत्कर्मले सिगार्दै हरेकले अपनत्व गर्न र गराउन यस्ता सामाजिक संघ संस्थाकाे अहम भुमिका रहेको हुन्छ भन्दै सम्पूर्ण महिलाहरुलाई शुभकामना ब्यत्त गर्नु थियो।
कार्यक्रममा बोल्दै ब्यापार सङ्ग कपिलवस्तुका अध्यक्ष महादेब पोखरेलले मौलिक सस्कृतिलाई जोगाउनु हामी सबैको दायित्व रहेको बताउदै तिजलाई फेसन को रुपमा भन्दा परम्पराको रुपमा मनाउनु पर्ने बताउनु भयो ।
त्यस्तै सामाजिक बिकास मंचका अध्यक्ष राम प्रसाद पौडेल र पुर्ब अध्यक्ष बलराम मरासिनीले चाडपर्बलाई मर्यादित बनाउन संचार माध्यमको महत्वोपुर्ण भुमिका रहने बताउनु भयो ।
कार्यक्रम शिवराज नगरपालिका वडा न.१,३,५,८ र
अरनिको बचत तथा रिण सहकारी सस्था,सहज बचत तथा रिण सहकारी सस्था र चन्दौटा खानेपानी को सहयोग रहेको थियो।
कार्यक्रममा महिला मानव अधिकार रक्षक संजाल बाट मिना परियार,दियालो नेपालबाट ज्योती पुन,सन्जिबनी सामुदायिक अस्पतालका अध्यक्ष टोपलाल पोखरेल,सहज सहकारीका अध्यक्ष तुल्सा बुढाथोकी,शुभ लक्षमी सहकारीका अध्यक्ष बिष्णु पोखरेल,सर्बोदय सहकारीका ब्यब्स्थापक लक्षमी पोखरेल,रेडियो समानताका प्रमुख राजु खराल,पत्रका महासघका सचीव सनिउल्ला धोबी, मेरोसाथी एफएमका प्रमुख चिन्ता परियार,रेडियो शिवराजका प्रमुख माधब बेल्बासे लगायतका अथिति र विभिन्न समुहको सहभागीता रहेको थियो।
कार्यक्रम गिता पौडेलको स्वागत मनतब्य र परिवर्तन संचार गृहका सस्थापक अध्यक्ष निशा बिश्वकर्माको प्रमुख आथित्यतामा,सस्थाका उपाध्यक्ष कमलनाथ चौधरीको अध्यक्षतामा सप्पन्न कार्यक्रमको संचालन पत्रका कमल बिस्टले गर्नु भएको थियो ।

धेरै पढिएको

ताजा समाचार