सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

कपिलवस्तु, शिवराज ।
सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घटना दर्तासम्बन्धी अभिमुखीकरण कार्यक्रम शिवराज नगरपालिका वडा नं. ५ मा सम्पन्न भएको छ । नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने प्रक्रिया, भत्ता नवीकरण, लाभग्राहीले पालना गर्नुपर्ने व्यवस्था तथा जन्म, मृत्यु, विवाह, बसाइँसराइ लगायतका व्यक्तिगत घटना समयमै दर्ता गर्ने विषयमा सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रिया, लाभग्राहीको विवरण अद्यावधिक गर्ने तरिका, व्यक्तिगत घटना दर्ताको महत्व, आवश्यक कागजात तथा सेवाग्राहीले पालना गर्नुपर्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो । साथै समयमै घटना दर्ता गर्दा सामाजिक सुरक्षा भत्ता लगायत सरकारी सेवा सुविधा प्राप्त गर्न सहज हुने विषयमा पनि जानकारी गराइएको थियो ।


कार्यक्रमको सहजीकरण एमआईएस अपरेटर दिपक खड्का, वडा सचिव कल्पना चौधरी तथा संजिव गहतराजले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता नेत्र प्रसाद बेल्वासेले गर्नुभएको थियो भने अतिथिको रूपमा सीता रेग्मीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा २० जनाको सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी जानकारी प्राप्त गर्न सहयोग पुगेको बताएका थिए ।

धेरै पढिएको

ताजा समाचार