असार २१ गते
कपिलवस्तु (चन्द्रौटा) ।
कपिलवस्तुको शिवराज नगरपालिकामा वर्षौँदेखि थाती रहेको गाउँ ब्लकको जग्गा सम्बन्धी समस्या समाधान भएको छ। शिवराज नगरपालिकाको विशेष आयोजना तथा नापी कार्यालय कपिलवस्तु (२ नं. नापी टोली) को प्राविधिक सहयोगमा नगरका विभिन्न वडामा बसोबास गर्ने ९४० घरधुरीलाई जग्गा धनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ।
शिवराज नगरपालिका वडा नम्बर ५ को चन्द्रौटा दुर्गा मन्दिरको परिसरमा आयोजित एक भव्य कार्यक्रमका बीच नगरप्रमुख अजय थापाले स्थानीयलाई प्रत्यक्ष रूपमा लालपुर्जा हस्तान्तरण गर्नुभएको हो।
यसपटक गाउँ ब्लक अन्तर्गत रहेका वडा नम्बर १, ४, ६, ८ र ११ का स्थानीयहरूलाई लालपुर्जा वितरण गरिएको छ। लामो समयदेखि आफ्नै भूमि भएर पनि कानुनी प्रमाण (लालपुर्जा) नहुँदा यहाँका स्थानीयले अनेकौँ प्रशासनिक, आर्थिक तथा बैंकिङ समस्या झेल्दै आएका थिए।
लालपुर्जा बितरण पछि स्थानीयमा खुसी छाएको छ ।
पुर्जा वितरण कार्यक्रममा स्थानीयहरूको उत्साहजनक सहभागिता रहेको थियो। नगरप्रमुख अजय थापाले लाल पुर्जा बितरण गर्न पाउँदा खुसी ब्यत्त गर्नु भयो । थापाले नगरवासिको मुहारको खुसीले आफ्नो खुसिको सिमा नरहेको बताउदै । नगर नगरबासीको वर्षौँदेखिको लालपुर्जा पाउने सपनालाई पूरा गर्न पाउँदा स्थानीय सरकारले गौरव महसुस गरेको बताउनुभयो।
बाँकी रहेका अन्य वडाहरूमा पनि चाडै नै नापजाँच र पुर्जा वितरणको कामलाई तीव्रता दिने प्रतिबद्धता जनाउनु भएको छ।
जगाको आधिकारिक स्वामित्व पाएसँगै अब स्थानीयबासीलाई उद्यम गर्न, बैंकबाट ऋण लिन तथा अन्य सरकारी सेवा सुविधाहरू उपभोग गर्न बाटो खुल्ला भएको छ। स्थानीय तहको यो कदमले नगरबासीको आर्थिक र सामाजिक सुरक्षामा ठुलो टेवा पुग्ने विश्वास छ ।









