नन्हे कलाकाहरूले रंगबाट दिए वातावरण जोगाउने सन्देश

नन्हे कलाकाहरूले रंगबाट दिए वातावरण जोगाउने सन्देश

चन्द्रैटा ,कपिलवस्तु ।

विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कपिलवस्तु जिल्ला शिवराज नगरपालिकामा वडास्तरीय चित्रकला प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । एक्सनएड नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्रको साझेदारी तथा शिवराज नगरपालिकाको सहकार्यमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत “समृद्ध भविश्ष्यको अधारः जलवायु एंव प्रकृतिमैत्री विकास” भन्ने मुल नाराको साथ शिवराज नगरपालिका वडा नं. ०४, १० र ११ मा चित्रकला प्रतियोगिता सम्पन्न गरिएको हो ।

प्रतियोगिता कक्षा १ देखि ३ र कक्षा ४ र ५ गरी दुई समूहमा विभाजन गरी सञ्चालन गरिएको थियो । समाजमा वातावरण संरक्षण तथा जलवायु न्यायसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा सहभागी विद्यार्थीहरूले रंगको माध्येमबाट हरियाली, वन संरक्षण, स्वच्छ वातावरण र जलवायु परिवर्तनका विषयलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छन । नन्हे कलाकारहरूले कोरेका चित्रहरूले उपस्थित दर्शकको मन जित्न सफल भएको आयोजकले जनाएको छ ।

शिवराज नगरपालिका वडा नं. ०४ मा सहभागि विद्धालयहरूबाट कक्षा १ देखि ३ तर्फ श्री समयथान माध्यमिक विद्धालयबाट दुर्गा बहादुर क्षेत्री प्रथम,  श्री राष्ट्रिय आधारभुत विधालयबाट नाजमा खातुन द्वितीय र श्री समयथान माध्यमिक विद्धालयबाट हलिमा खातुन तृतीय हुन सफल भएका छन् ।

कक्षा ४ देखि ५ तर्फ श्री राष्ट्रिय आधारभुत विधालयबाट नसिम धुनिया प्रथम, श्री समयथान माध्यमिक विद्धालयबाट मेनका क्षेत्री द्वितीय र श्री राष्ट्रिय आधारभुत विधालयबाट मनिषा गडरिया तृतीय भएकी छिन् ।

शिवराज नगरपालिका वडा नं. १० मा कक्षा १ देखि ३ तर्फ श्री किशोर आदर्श विद्यालय, इस्लामनगरका विनय पाल प्रथम भएका छन् । त्यसैगरी सोही विद्यालयका सुनिल कुर्मी द्वितीय र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, शीतलापुरकी मन्जु चमार तृतीय भएकी छिन् । कक्षा ४ र ५ तर्फ श्री जनता आधारभूत विद्यालयकी पूजा कोरी प्रथम, श्री नेपाल आधारभूत विद्यालय, शीतलापुरका तोफिक जोलाहा द्वितीय तथा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, शीतलापुरका सहिद मनियार तृतीय हुन सफल भएका छन् ।

शिवराज नगरपालिका वडा नं. ११ मा कक्षा १ देखि ३ तर्फ श्री रङ्गीलाल माध्यमिक विद्यालय, सड़वाकी बिन्द्रबासनी यादव प्रथम भएकी छिन् । श्री ज्ञानउदय आधारभूत विद्यालय, सेमरीका विशम्भर कोरी द्वितीय र श्री ब्रह्मदेव आधारभूत विद्यालय, मर्जातपुरकी राधा बरई तृतीय भएकी छिन् । कक्षा ४ र ५ तर्फ श्री दुर्गा भगवती माध्यमिक विद्यालय, नयाँबस्तीकी सरस्वती विश्वकर्मा प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् । त्यसैगरी श्री दुर्गेश नन्दनी आधारभूत विद्यालय, थुनियाका ओम प्रकाश यादव द्वितीय र सोही विद्यालयकी रिनु कुर्मी तृतीय भएकी छिन् ।

प्रतियोगिताका सबै विजेता बालबालिकाहरूलाई आयोजक संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले सानै उमेरदेखि बालबालिकामा वातावरणीय चेतना जगाउनु आजको आवश्यकता रहेको बताए । उनीहरूले यस्ता रचनात्मक प्रतियोगिताले बालबालिकामा सिर्जनशीलताका साथै प्रकृतिप्रतिको माया र संरक्षणको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै शिवराज नगरपालिका वडा नं. १० को वडा अध्यक्ष मन्जु मिश्रा, समाजसेवि रबिदत्त मिश्रा, विधालय ब्यवस्थापन समिति अध्यक्ष राजकुमार अहिर लगाएतले जोदिनुभएको थियो ।

कार्यक्रममा शिवराज नगरपालिकाका जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

धेरै पढिएको

ताजा समाचार