मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको सन्देश फैलाउँदै शिवराजमा साइकल र्‍याली।।


​कपिलवस्तु ।
​‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने मूल नाराका साथ कपिलवस्तुको शिवराज नगरपालिकामा आत्महत्या रोकथाम तथा मानसिक सुस्वास्थ्यसम्बन्धी जनचेतनामूलक साइकल र्‍याली सम्पन्न भएको छ। ३५ औँ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर शनिबार उक्त र्‍याली आयोजना गरिएको हो।
​शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले एक विशेष समारोहका बीच र्‍यालीको शुभारम्भ गर्नुभएको थियो। मानसिक स्वास्थ्यको संवेदनशीलतालाई उजागर गर्दै समाजमा जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्नु र आत्महत्याका घटना न्यूनीकरण गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको थियो।
​खरेन्द्रपुर चोकबाट सुरु भएको साइकल र्‍याली गुलरी, सितलापुर, थुनिहवा र मैटहवाको परिक्रमा गर्दै नयाँबस्तीमा पुगेर समापन भएको थियो। र्‍यालीमा सहभागीहरूले मानसिक समस्या लुकाउनुको साटो खुलेर कुरा गर्न, तनावमा रहेका व्यक्तिहरूलाई साथ दिन र आत्महत्या रोकथामका लागि समुदायस्तरबाटै हातेमालो गर्न आम नागरिकलाई आह्वान गरेका थिए।

​युवा कचहरी शिवराज नगरपालिकाको आयोजनामा सम्पन्न यस अभियानमा शिवराज नगरपालिकाको सहकार्य रहेको थियो भने सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सनएड नेपालले प्राविधिक तथा व्यवस्थापकीय सहयोग पुर्‍याएका थिए।

धेरै पढिएको

ताजा समाचार