नेकपा (एमाले) शिवराज नगर कमिटीको विस्तारित बैठक मंसिर १३ गते ।



​चन्द्रौटा, कपिलवस्तु ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) शिवराज नगर कमिटी, कपिलवस्तुको आयोजनामा नगरस्तरीय विस्तारित बैठक यही मंसिर १३ गते आइबार बस्ने भएको छ।
​शिवराज नगर कमिटीका अध्यक्ष महादेव पोखरेलका अनुसार बैठक मंसिर १३ गते बिहान ११:०० बजे व्यापार संघ कपिलवस्तुको सभाहल, चन्द्रौटामा आयोजना गरिनेछ।
​उक्त विस्तारित बैठकमा शिवराज भूगोल अन्तर्गतका केन्द्रदेखि टोल कमिटीसम्म विभिन्न जिम्मेवारीमा रहेका सम्पूर्ण नेता, पार्टी कार्यकर्ता, संगठित तथा साधारण सदस्यहरू एवं शुभचिन्तकहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। अध्यक्ष पोखरेलका अनुसार बैठकमा पार्टीको आगामी सांगठनिक गतिविधि, समसामयिक राजनीतिक अवस्था तथा विविध महत्वपूर्ण एजेन्डाहरूमाथि बृहत् छलफल हुने जानकारी दिनुभएको छ।

धेरै पढिएको

ताजा समाचार