शिवराजका बालक अस्पतालमा छटपटाउँदै, सहयोगको लागि परिवारको अपिल


 

कपिलवस्तु-प्युठान जिल्लाको झिमरुक गाउँपालिका स्थाइ घर भई कपिलवस्तुको शिवराज ३ खरेन्द्रपुर मा बस्दै आएका केशर महतराका ४ वर्षिय छोरा प्रशान्त महतरा ब्लड क्यान्सर रोगले ग्रसित भएका   छन । चार बर्षिय प्रशान्त काठमाडौं स्थित कान्ति बाल अस्पतालमा उपचाररत छन्। ब्लड क्यान्सर रोगको कारण मृत्युसँग लडिरहेका महतरालाई थप उपचारमा रकम अभाव भएपछि उनको परिवार चिन्तित बनेको छ ।

ब्लड क्यान्सर रोगको कारण काठमाडौंस्थित कान्ति बाल अस्पतालको बेडमा रहेका वालक प्रशान्तको उपचारमा आर्थिक अभाव भएपछि बालकका बाबु केशर महतरा छेत्रीले सहयोगको अपिल गरेका छन । उपचार गराउन ठूलो रकमको आवश्यकता परेपछि उनको परिवारले सबैसँग सहयोगको अपिल गरेका छन्।

कपिलवस्तुको शिवराज नगरपालिकामा ३ खरेन्द्रपुरमा स्थित गोल्डेन पार्क एकेडेमी स्कुल  नर्सरीमा अध्ययनरत महतराको २ महिना देखि ब्लड क्यान्सर रोगको उपचार भई रहेको छ । छोरालाई ब्लड क्यान्सर रोग देखा परेपछि बाबु महतराले सहयोगिहरुवाट आर्थिक सहयोगको याचना गरेका छन ।वालकाको उपचारको सहयोगका लागि विभिन्न माध्यमबाट सहयोग गर्ने सहयोगिहरुलाई परिवारले धन्यवाद समेत प्रकट गरेको छ ।

सहयोगका लागि

माछापुच्छ्रे बैंक लिमिटेड चन्द्रौटा शाखा
(१४२०९३०६९१६००२८९)
keshar Mahatara Chhetri
बालकको बाबु : केशर महतरा छेत्री (984-4729098)

QR काेर्ड स्क्यान मार्फत पनि सहयाेग गर्न सकिन्छ ।    

धेरै पढिएको

ताजा समाचार