अध्यक्षमा पुनः खतिवडा।



राष्ट्रिय मानव अधिकार कपिलवस्तुको नवौ साधारण सभा तथा छैठौं अधिवेशन आज शिवराज नगरपालिका वडा न -०५ चन्द्रौटाको सभा हलमा भब्यताका साथ सम्पन्न भएको छ।प्रतिष्ठानका अध्यक्ष श्री बिष्णु प्रसाद खतिवडाको अध्यक्षता लुम्बिनी प्रदेश सरकारका पुर्व मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य माननिय अर्जुन कुमार के.सी. को प्रमुख आतिथ्यता,शिवराज नगरपालिका वडा न-०१ र वडा न-०५ का अध्यक्ष खिम बिक्रम के.सी.र नेत्र प्रसाद बेल्बासेको बिशिस्ट आतिथ्यता,राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख सन्तोष आचार्य र राष्ट्रिय मानव अधिकार प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष भुमीराज भट्टराईको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सल्लाहकार महादेव पोखरेल र शुसिला खनाल,कार्यपालिका सदस्य प्रेम बहादुर सुनार वडा सदस्य सिता रेग्मी लगायत पत्रकारहरुको आतिथ्यता रहेको थियो।

 

राष्ट्रिय मानव अधिकार प्रतिस्ठान कपिलवस्तु कार्य समिति सदस्य तथा सक्रिय सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको खुल्ला सत्र प्रतिष्ठानकी सदस्य अक्षिता शुक्ला र लुम्बिनी प्रदेश सदस्य रणदिप खतिवडाको संचालनमा सम्पन्न भएको थियो।
अध्यक्ष विष्णु प्रसाद खतवडाले प्रगति प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।।

जसकोअध्यक्षमा- बिष्णु प्रसाद खतिवडा,   उपाध्यक्ष – शिवराज सुबेदी,  उपाध्यक्ष -ओम प्रकाश भणडारी,  उपाध्यक्ष -भक्ती पौडेल ,  सचीव -खगेश्वर गिरी,  सह-सचिव -अक्षिता शुक्ला,  कोषाध्यक्ष -फर्स बहादुर बिश्वकर्मा
सदस्यमा -गोपाल बन्जाडे,रमेश खनाल,भुमिराज भट्टराई ,डिल्लिराज तिमिल्सिना ,सिताराम चौधरी ,शान्ता बिश्वकर्मा, कुलचन्द्र खनाल, रुपा कहाँर,सुलोचना रायमाझी लगायत निर्वाचित सबैलाई प्रमुख अतिथि अर्जुन कुमार, के.सी. तथा ले हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो।

धेरै पढिएको

ताजा समाचार