कपिलवस्तुमा मानव अधिकारसम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न


कपिलवस्तु,
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु शाखाको आयोजना तथा शिवराज नगरपालिका वडा नं. ५ को आर्थिक सहयोगमा एक दिने मानव अधिकारसम्बन्धी प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
​स्थानीयस्तरमा मानव अधिकारको सचेतना अभिवृद्धि गर्ने र नागरिकहरूलाई आफ्ना अधिकार तथा कर्तव्यहरूबारे सुसूचित गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो।​राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु शाखाका जिल्ला अध्यक्ष विष्णु प्रसाद खतिवडाको अध्यक्षतामा भएको यस कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री माननीय अर्जुन कुमार के.सी. प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले मानव अधिकारको रक्षा, संरक्षण र सम्वर्द्धनमा सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको थियो।
​कार्यक्रममा शिवराज नगरपालिकाका ​वडा नं. १ का वडा अध्यक्ष खिम विक्रम के.सी.​वडा नं. ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासे
​चेम्बर अफ कमर्श कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल
​मानव अधिकार प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष भूमिराज भट्टराई लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै मानव अधिकारको महत्त्वबारे आ-आफ्नो विचार राख्नुभएको थियो।
​ राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सन्तोष आचार्य र सामाजिक अभियन्ता सुदिप चापागाईंले प्रशिक्षण दिनुभएको थियो। उहाँहरूले मानव अधिकारको अवधारणा, नेपालको संविधानमा प्रदत्त मौलिक हकहरू, मानव अधिकार संरक्षणमा राज्य र नागरिकको दायित्वलगायतका विषयमा विस्तृत सहजीकरण गर्नुभएको थियो।
सस्था सदस्य ​शिवराज सुबेदीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन रणदीप खतिवडाले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, विभिन्न संघ-संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता तथा नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियोे ।

धेरै पढिएको

ताजा समाचार