एमालेले बनायो ४ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी


 

काठमाडौँ – नेकपा एमालेले मंसिरमा हुने आमनिर्वाचनका लागि ४ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन गरेको समितिमा केन्द्रीय कमिटीका सबै सदस्य, केन्द्रीय आयोगका पदाधिकारीहरू, विभागका सचिव, जनसंगठनको अध्यक्ष र महासचिव सदस्य रहेका छन् ।

 

परिचालन समिति अन्तर्गत सचिवालयमा केन्द्रीय पदाधिकारी, निर्वाचन विभाग, कानुन विभाग र प्रचार विभागका उपप्रमुख र सचिव तथा केन्द्रीय कार्यालयका सचिव सदस्य रहने सचिवालय गठन गरेको प्रचार विगभाका सचिव गगन विष्टले जानकारी दिए ।

 

परिचालन कमिटी र त्यसको सचिवालय दुवैको सचिवमा पार्टीका उपमहासचिव विष्णु रिमाललाई बनाउने निर्णय गरेको छ ।

‘प्रत्येक मतदान केन्द्रमा निर्वाचन परिचालन कमिटी बनाउने निर्णय गरिएको छ । केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले प्रदेश, जिल्ला, पालिका, वडा र मतदान केन्द्र (बुथ)सम्म निर्वाचन परिचालन कमिटी बनाउने निर्णय गरेको हो,’ विष्टले भने, ‘परिचालन समिति अन्तर्गत उप समितिहरू गठन गरेर काम अघि बढाउने निर्णय भएको छ ।’

 

धेरै पढिएको

ताजा समाचार