टोप बहादुर रायमाझी भाग्यले मन्त्री बन्नु भयो :उपसभामुख पुष्पा भुसाल


कपिलवस्तु-प्रतिनिधिसभाका उपसभामुख पुष्पा भुसालले टोप बहादुर रायमाझी भाग्यले मन्त्री बनेको बताउनु भएको छ ।नेपाल पत्रकार महांसघ अर्घाखाँची शाखाले शनिबार आयोजना गरेको सम्मान तथा पत्रकार सम्मेलनमा बोल्नुहुँदै उपसभामुख भुसालले यस्तो बताउनु भएको हो।

उहाँले टोपबहादुर रायमाझी संविधान जारी गर्नेक्रममा भाग्यले मन्त्री बनेको बताउदै भाग्यले मन्त्री बनेका रायमाझीले आफनो भुमिका निर्वाह गर्ने अवसर पाएको बताउनु भएको थियो । साथै आफु संविधान सभामा रहँदा संविधान निर्माण्मा धेरै समय खर्चेको समेत बताउनु भएको थियो ।

सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस सांसद पुष्पा भुसाल प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित हुनु भएको हो ।उहाँ समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नु भएको हो । उहाँ दोस्रो प्रयासमा उपसभामुख बन्न सफल हुनु भएको थियो ।

समयक्रम अनुसार राजनितिकदलहरुको कुनै न कुनै भुकिा रहन्छ तर भुमिका निर्वाह गर्यो गरेन भन्ने कुरा महत्वपुर्ण रहने बताउनु भएको छ । राजनितिक कर्मिहरुले आफनो भुमिका इमान्दारीता पुर्वक गर्नु पर्ने समेत बताउनु भएको थियो । जिल्लामा आफनो सहभागिता कम रहयो भन्नु आफनो खोजी हुनु सकरात्मक रहेको समेत

बताउनु भएको थियो ।साथै उहाँले समानुपातिकमा पहिलेका उम्मेदवार नदोहोराउने पार्टीको विधानमै उल्लेख रहेको भन्दै ५ वर्ष समानुपातिकमा रहेर नेत्रित्व बनाउने अवसर भएको भन्दै समानुपातिकमा नयाँलाई अवसर दिनु पर्ने बताउनु भएको छ।

आगामि निर्वानमा गठबन्धनका तर्फ बाट आफु प्रत्यक्षरुपमा निर्वाचनमा होमिने बताउनु भएको छ । आफुले टिकट नपाए जसले टिकट पाउँछ उसैलाई सघाँउछु उहाँले भन्नु भयो । साथै उहाँले मिडिया विधेक नागरीकता विधेक लगायतका विषयमा समेत आपलना भनाई ब्यक्त गर्नु भएको थियो ।

https://todaypatra.com/2022/09/03/14731/

 

धेरै पढिएको

ताजा समाचार