कपिलवस्तु -नेपाल कम्युनिष्ट नेकपा एमाले केन्द्रिय सल्हाकार सदस्य मंगल गुप्ताले दलालि शासकको राजनितिले यस क्षेत्रको विकासमा परिर्वन हुन नसको बताउनु भयो ।
यस क्षेत्रमा दलालि शासकको राजनिति हावि भएकै कारण विकामा तिव्रता पाउन नसकेको बताउनु भयो । नेता गुप्ताले यस क्षेत्रका प्रतिनिधि सभाका सदस्य अभिषेक प्रताप शाहलाई लक्ष्ति गर्दै दलाली र शाशक प्रथा र धनको आडमा राजनितिको नेत्रित्वमा पुग्ने नेता बनेर सांसदको बैठकमा कम हाजिर हुने नेताको रुपमा चिनिने नेता रहेको उल्लेख गर्नु भएको थियो । नेत्रित्वमा पु्रग्न पटकपटक सत्ता परिवर्तन गरेका नेता टिकट नपाए अहिले पनि परिवर्तन गर्न पनि सक्छन उहाँले भन्नु भयो ।
नेकपा एमाले शिवराज नगरपालिका वडा न ९ को वडा कमिटीको विस्तारीत बैठकलाई सम्बोधन गर्दै उहाँले नेता शाहलाई लक्ष्ति गर्दै १५ वर्ष देखि शासकको रुपमा नेत्रित्व गरेको आरोप समेत लगाउनु भयो । धनाढ्य व्यापारीको नामले डामिएको उच्चपदस्थ ब्यक्तिले अझै पनि शाशन गर्ने अवसर दिएमा यस क्षेत्रको विकास क्रम १० वर्ष पछाडि धकेलिने बताउनु भयो ।
उनले यस क्षेत्रमा गरेका इतिहासका विकासका कार्यको आधारमा मतदाताले अव अवश्य मुल्यांकन गरेर उम्मेदवारको पात्रमा फेरवदल गर्ने समेत बताउनु भएको थियो ।अभिषेक प्रताप शाह हाल पनि प्रतिनिधि सभामा सदस्यको रुपमा प्रतिनिधित्व गर्नु हुन्छ साथै कांग्रेश कपिलवस्तुले आगामि निर्वाचनको लागि पुन यस क्षेत्रबाट उहाँको नाम सिफारीस गरेको छ ।
सोहि बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले जिल्ला सल्लाहकार सदस्य प्रमोद सुवेदीले नेता तथा कार्यकर्ता संरक्षण गर्न नसक्ने नेता बन्न नसक्ने उल्लेख गर्दै आगामि संघ तथा प्रदेशको निर्वाचनमा यस क्षेत्रबाट एमालेलाई जित्न सहज रहेको उल्लेख गर्नु भएको थियो ।
आज विहिबार शिवराज ९ बानियाभारमा भएको पार्टीको विस्तारीत बैठकलाई सम्बोधन गर्दै जिल्ला कमिटी सदस्य एवम शिवराज नगरसह इन्चार्ज बाबुराम सापकोटाले शिवगडिमा एमाले को लालकिल्ला बन्न समय धेरै नलाग्ने बताउँदै एमालेको नेत्रित्वको सरकारले ईमान जमान बचाएर बिकास गर्ने समेत बताउनुभयो ।
नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेलले आफ्नो गाउँको सेरोफेरो बनाउन नसक्ने ले परिवर्तन ल्याउछु भन्नू भ्रम भएको बताउँदै देश निर्माणमा एमालकोे जित अपरिहार्य रहेको बताउनु भयो । उहाँले भाद्र महिना भित्र सबै सांगठित सदस्यहरुलाई सदस्यता नविकरण गर्न आग्रह गर्दै नयाँ सदस्यता विस्तार गर्न अपिल गर्नु भयो ।
सोहि बैठकलाई संम्बोधन गर्दै नेकपा एमाले शिवराजका उपाध्यक्ष महादेव पोख्रेलले नेपाले पाटी राष्ट्रको पहिलो शक्ति भएको बताउदै पार्टीलाई शक्तिमान वनाउन सबै लाग्नु पर्ने बताउनु भएको थियो । उहाँले सोहि विस्तारीत बैठकलाई सम्बोधन गर्दै पार्टि स्थानिय तहमा आफुलाई उम्मेदवारको रुपमा खडा गर्दा नागरीक माझ गरेका बचाहरु हारे पनि जिम्मेवार पुर्वक पुरा गर्ने आश्वासन समेत दिनु भएको थियो । साथै उहाँले एमाले पार्टी नेत्रित्वले गरेका काम र उपलब्धि नागरीक माझ पुराउन नसक्नु पनि हारको एउटा जलन्त उदाहरण रहेको बताउनु भएको थियो ।
सांगठनिक सदयता नविकरण बिस्तारित बैठकको एजेन्डा बारे सहजीकरण गर्दै एमाले शिवराजका सचिव शरद अधिकारीले स्थानिय तहको निर्वाचनको अवस्थावारे संक्षिप्त जानकारी गराउँदै एमाले विकासको पर्यावाची शक्ति गरेकाले जित अपरिहार्य रहेको बताउनु भएको थियो ।
वडा कमिटी अध्यक्ष अशोक मल्लको अध्यक्षता, वडाकमिटी सचिव पदम सुनारको संचालनमा सम्पन्न बैठकमा वडा कमिटी इन्चार्ज गोपाल वन्जाडेले वडा न ९ को राजनितिक अवस्थाको बारेमा विस्तृत जानकारी गराउनु भएको थियो ।