अर्घाखाँचीमा आएको ६अर्ब बजेट कहाँ गयो ,मन्त्रि बनेर टोपबहादुरले के गरे :उप सभामुख भुसाल


अर्घाखाँची- उप सभामुख पुस्पा भुसालले टोप बहादुर रायमाझीले जनता सँग झुट बोलेको आरोप लगाउनु भएको छ ।उपसभामुख पुस्पा भुसाललाई नेपाली काग्रेश शितगंगा नगरपालिकाको वडा नम्बर ३ र ४ कमिटिले सम्मान गरेको छ । उपसभामुख भए पछि पहिलो पटक जिल्ला आउनुभएकि भुसालले काग्रेश वडा कमिटीले स्वागत तथा सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै भुसालले आगामी मंसिर ४ मा हुने निर्वाचनमा आफ्नो नाम सिफारिस भएकोले पनि चुनावी अभियानमा होमिन कार्यक्रता लाई अनुरोध गर्नु भयो । अर्घाखाँची बाट सिफारिस भएका मध्ये जो सांसद आए पनि यस क्षेत्रको बिकासमा टेवा पुराउने बताउनु भयो ।

टोप बहादुर रायमाझीले १५ बर्ष सासंद भएर दक्षिण खाँचीमा गरेको बिकासको बिबरण दिनु पर्ने बताउनु भयो । जिल्लामा ६ अर्ब बजेट ल्याएको बताउदै हिडने रायमाझीले शितंगामा कँहा कति करोड बजेटले के काम गरे हिसाव माग्न कार्यक्रतालाई अनुरोध गर्नु भयो ।

कार्यक्रममा बोल्दै उपसभामुख तथा काग्रेश केन्द्रिय सदस्य भुसालले ६४ सालमा यस क्षेत्रबाट सांसद भए पनि सरकारमा नपुगेको र त्यो बेला संसद बिकास कोषमा १० लाख मात्र हुने गरेकोले धेरै काम गर्न नसकेको बताउनु भयो त्यति बेला समेत सिद्धारा र खुम्चिकोटमा खानेपानीको काम सम्पन्न गरेको बताउनु भयो ।

धेरै पढिएको

ताजा समाचार