
अर्घाखाँची-शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कार्यसम्पादन परीक्षण गरी देशका चार हजारभन्दा बढी विद्यालयको वास्तविक अवस्था सार्वजनिक गरेको छ । जस अनुसार अर्घाखाँचीका ७० माबिको मुल्यांकन गरिएकोमा युवा वर्षा जनता रबिचित्र माबि हटारिनेटा ८१.३९ अंक प्राप्त गरि प्रथम र भानु माबि मैदानले ७९.२२ अंक प्राप्त गर्दैदोस्रो स्थानको अंक प्राप्त गरेका छन ।
शितगंगा नगरपालिकाको हरि माबि जिल्लामै कमजोर अंक प्राप्त गरेको छ । हरिमाबिले ४५.०४ अकं प्राप्त गरेको छ । शितगंगा नगरपालिकाको वडा नम्बर १ को मन्द्रे माबिले ७२.४९ अंक प्राप्त गर्दै जिल्लाको ७ औ र शितगंगाको प्रथम, शितगंगा नगरपालिकाको १४ को पावर माबिले ७१.३७ अकं सहित शितगंगामा दोस्रो , शितगंगा नगरपालिकाको वडा नम्बर ८ को लापे माबिले ६२.३४ अंक प्राप्त गर्दै तेस्रो , सरस्वती माबि सितापुर ६१.६१ अंक प्राप्त गर्दै चौथो , गौरा माबि रजिया ६०.२९ अंक प्राप्त गर्दै पांचौ ,सुधा माबि जुकेना ५९.३९ अंक सहित छौठो ,जनजागृती माबि बोखर ५९.२ अंक सहित सातौ शिवादह माबि ५७.७८ अंक प्राप्त गरि आठौ , ज्योती माबिले ५६.३३ अंक प्राप्त गरि नवौ , सुबोधिनी माबि ले ५५.५१ अंक प्राप्त गरेको छ जिल्लाका ७० बिद्यालयको मुयांकनमा ज्योती माबि ६१ औ स्थानमा परेको छ भने हरि माबिले ४५.०४ अंक प्राप्त गरेको छ
६० जिल्लाको श्रेणीकरण गर्दै ९४.५९ अङ्क प्राप्त गर्ने विद्यालयलाई प्रथम श्रेणीमा र १८.७८ अङ्क प्राप्त गर्ने विदालयलाई कमजोर स्थानमा श्रेणीक करण गरेको छ ।