कपिलवस्तु – नेकपा एमालेनिकट भात्रि संगठन भुमि अधिकार तथा श्रमिक संगठन नेपाल शिवराज नगर कमिटी गठन भएको छ ।
जस्को अध्यक्षमा झक बहादुर खत्री ,उपाध्यक्ष ः राम पति थरुनि,सचीव ः सन्तोष बिश्वकर्मा,उप– सचीव ः दिपक बि.क.,कोसाध्यक्ष ः हेमा सुनार लगायत द्धछ सदस्यीय कमिटी गठन भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै भुमि अधिकार तथा श्रमिक संगठन नेपाल केन्द्रिय सचीव तथा कार्यक्रमका प्रमुख अथिती हिरालाल पौडेलले सुकुम्बासी समस्या समाधानका लागि नेकपा एमालेलाई बौमतले जिताउनु पर्नेमा जोड दिनु भयो ।
त्यस्तै कार्यक्रमका विशेष अथिती सहभागि भएका नेकपा ( एमाले ) केन्द्रिय सल्लाहकार समिति सदस्य मंगल प्रसाद गुप्ताले राजनिति गर्ने ब्यक्तिमा मानव सेवाको भावना विशेष आवश्यक हुने बताए ।आज शिवराजमा भएको भुमि अधिकार तथा श्रमिक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै गुप्ताले तिन तिन पटक प्रतिनिधि सभा सांसद हुदा समेत नागरीकको बारेमा नबोलेका अभिषेक प्रताप शाह अव बोल्लान भन्ने नागरीकले आश नगरेको उल्लेख गरे ।
जनताका सवालमा काम गर्नुको साटो पाहाड र तराईको भन्दै जातियताका कुरा गरेर जनतालाई अभिषेक प्रताप शाहले आक्रोसित बनाएको बताए । सोहि कार्यक्रमा नेता युप्ताले अभिषेक प्रताप शाहले आफुले मधेशको शक्ति पाएमा पहाडिहरुलाई २५ किलो मिटर टाढापठाउछु भन्दै भाषण गर्दै हिडेको आरोप समेत लगाए ।प्रतिनिधि सभाको लागि एमालेबाट नाम सिफारीस भएका गुप्ताले टिकट पाएर हार नै भए पनि स्विकार गर्दै समाजवादको बाटोको निरन्तर हिड्ने बताए।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै एमाले कपिलवस्तुका उप सचिव अर्जुन के सी ले एमाले पार्टी लोभलालचको पछाडि नलाग्ने बताए ।देश निर्माणको लागि एमाले पार्टीलाई भोट र जितको आवश्यक रहेको उल्लेख गरे ।
सोहि कार्यक्रमलार्ए सम्बोधन गर्दै एमाले कपिलवस्तुका जिल्ला सचिवालय सदस्य टोपलाल पोख्रेलले भसमिहिन नागरीकको समस्या समाधान गर्न एमाले सरकारकै आवश्यक पर्ने भन्दै आगामि मंसिर ४ मा हुने चुनावमा सुर्य चिन्हमा मतदान गरेर एमालेलाई जिताउन आग्रह गरे ।
कार्यक्रममा एमाले शिवराजका अध्यक्ष जगत पौडेलले एमाले पार्टी कुरा गर्ने भन्दा पनि नागरीकका आवश्यकता पुरा गर्ने पार्टी रहेको बताए ।एमाले सरकारले भुमिहिन नागरीकको समस्या समाधान गर्न गठित आयोग लाई गठबन्धन सरकारले उक्त समस्या समाधान भए भुमिहिन नागरीक एमालेको पक्षमा आयोग नै खारेज गरेको बताए ।
कार्यक्रममा एमाले शिवराजका उपाध्क्ष महादेव पोख्रेलले एमालेको जित नै पिछडिएका नागरीकको समस्याको समाधानको विकलप रहेको वताए ।कार्यक्रममा एमाले शिवराजका नेताहरुको सहभागिता रहेको थियो ।