कपिलवस्तु चन्द्रौटा -राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत कपिलवस्तुका ४८ वटा विद्यालय छनौटमा परेका छन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दश वटा स्थानिय तह भएको कपिलवस्तुबाट ४८ विध्यालय छनौट गरेको हो ।
जस अन्तर्गत जिल्लको वाणगंगा नगरपालिकाका १३ विध्यालय ,विजय नगर गाउँपालिकाका ६ वटा,शिवराज नगरपालिकाका ४ ,कपिलवस्तु नगरपालिकाका ४,महाराजगन्ज नगरपालिकाका ४,सुद्धोधन गाउँपालिका ४, मायाँदेवि गाउँपालिका ४,यसोधरा गाउँपालिका ४ ,वुद्धभुमि नगरपालिका ३ र कृष्ण नगर नगरपालिकाका २ वटा विध्यालय छनौटभएका छन ।
४ वटा विद्यालयहरु छनौटमा परेको शिवराजका दुई शिर्षकका योजनहरु अन्तगर्त छनौट भौतिक पूर्वाधार तर्फ भवन निर्माणका लागि सरस्वती माध्यमिक विध्याल वानियारमा ४ कोठे भवन परेको छ भने नेपाल राष्ट्रिय आधारभुत सितलापुरलाई २ कोठे भवन निर्माणको बजेट परेको छ । यस्तै प्रकाश माध्यमिक विध्यालय र सरस्वती आधारभुत विद्यालयलाई आइसीटी सामग्री खरीदका लागि बजेट परेको छ ।
उता विजय नगर गाउँपालिकामा २ वटा विध्यालयको लागि ४ कोठे ,२ वटा विध्यालयको लागि २ कोर २ वटा विध्यालयका लागि आइसीटी सामग्री खरीदका लागि बजेट परेको छ ।