काठमाडौं – खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी संस्थानमा हस्तक्षेप गरी आफूनिकटका झन्डै ५० कर्मचारी भर्नाको अन्तिम गृहकार्य गरेका छन् ।
मन्त्रीको हस्तक्षेप र चलखेलको विरोध गरेकै कारण कर्मचारी पदपूर्ति समिति संयोजक तथा बोर्ड सदस्य निरकुमारी कुँवर दर्लामीलाई पदपूर्ति संयोजक पदबाट हटाइएको छ ।
उनलाई हटाएपछि पदपूर्ति समितिले एकतर्फी रूपमा प्रक्रिया थाल्ने तयारी गरिएको बताइएको छ ।
कर्मचारी भर्नामा असहमति राखेपछि बोर्ड सदस्य एवं पदपूर्ति समिति संयोजकबाट दर्लामीलाई हटाएर उनको स्थानमा मन्त्रालयबाटै आफूनिकट सहसचिव तिरेशकुमार खत्रीलाई संयोजकका रूपमा लगेका छन् ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ