बाणगंगा नगरपालिकाको कार्यापालिका सदस्य घर्तीको मृत्यु


कपिलवस्तु –जिल्लाको बाणगंगा नगरपालिकाको कार्यापालिका सदस्य दामु घर्तीको मृत्यु भएको छ ।

क्यानसर पिडित ४२ बर्षीय घर्तीको उपचारका क्रममा मृत्यु भएको हो ।

बाणगंगा नगरपालिका वडा नं.१० निवासी घर्ती गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडा सदस्य तथा कार्यापालिका सदस्यमा निर्वाचित भएकी थिईन् । उनी नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।

यता बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले कार्यापालिका सदस्य घर्तीको निधनको खबरले आफु स्तब्ध भएको बताएका छन् ।

धेरै पढिएको

ताजा समाचार