शिवराजमा २ हजार ६ सय बढि विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि तथा स्वाथ्य सामाग्रि प्रदान


 

कपिलवस्तु-शिवराज नगरपालिमा २ हजार ६ सय ६९ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्रिहरु तथा स्वाथ्य सामाग्रिहरु सहयोग प्रदान गरिएको छ । चाईना फउन्डेसन फर पोअब्रेटी एलिभेसनको आर्थिक सहयोग र उदार करुणामयी स्वयम सेवक संस्थाको आयोजनामा नगरका ७ वटा विद्यालयमा विगत ४ दिन लगाएर विद्यार्थीहरुलाई झोला, कापी, पेन, विभिन्न रंगहरु तथा मास्क, टुथ ब्रस, टुथ पेस्ट, साबुन लगाएत २१ थरी सामाग्रिहरु वितरण गरिएको सस्थाका कार्य समिति सदस्य कोमल सापकोटा बताउनुभयो ।

साथै चाइनाका नागरीकहरुले थोरै थोरै पकेट खर्चबाट बचायको रकमबाट नेपालका बालबालिकालाई सहयोग गर्न पाएकोमा चाईना फउन्डेसन फर पोअब्रेटी एलिभेसन प्रतिनिधि लुथिव र टाईलिङले खुःशि ब्यक्त गर्नुभयो । चाइनाको असल छिमेकी राष्ट्र नेपालको विकासका लागि साझेदारी गर्दै जाने प्रतिनिधि टोलिले प्रतिबद्धता ब्यक्त गरेको थियो ।

कार्यक्रममा बैल्दै चाइनाबाट आउनुभएको प्रतिनिधिहरुलाई स्वागत सहित विद्यलयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेको प्रति धन्यावाद ब्यक्त गर्दे आगामि दिनहरुमा पनि सहयोगको अपेक्षा राखेको वडा अध्यक्ष राम बहादुर चौधरीले बताउनुभयो ।
शिवराज नगरपालिका वडा नं।२ मा रहेको जनता आधारभुत विद्यालयमा अन्तीम समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको धनुसा, सर्लाही र कपिलवस्तु गरि २७ वटा विद्यालयमा ६ हजार ६ सय ६७ जना विद्यार्थीहरु शैक्षिक तथा स्वास्थ्य सामाग्रि सहयोग गर्ने कार्यक्रम रहेको उदार करुणामयी स्वयम सेवक संस्थाका निबर्तमान अध्यक्ष यादव गौतमले बताउनुभयो ।
२०७२ सालको विनासकारी भुकम्प पछि विभिन्न संस्थाहरुबाट स्वयमसेवकहरु मिलि उदार करुणामयी स्वयम सेवक संस्था स्थापना गरिएको स्वयमसेवक नवीन शाहिले बताउनुभयो । संस्थाले विगत वर्षमा नगरको २४ वटा विद्यालयमा खानेपानी तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको कार्यक्रम साहयक अमृता पौडेलले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले स्वागत, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष राजेन्द्र बहादुर चौधरीको अध्यक्षता र शिक्षक खेमराज उपाध्यायको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

धेरै पढिएको

ताजा समाचार