मुक्ति समाज वाणगंगाद्धारा शुभकामना आदान प्रर्दान ।।


१४ गते / संजीव गहतराज
नेपाल उत्पीडित जातिय मुक्ति समाज वाणगंगा नगर कमिटि सचिवालयले विजया दशमी, शुभ दिपावली, छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रर्दान कार्यक्रम सम्पन्न गरेको छ । सरकारले तोकेको मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरि नेकपा एमाले निकट संगठनहरुले कार्यक्रम तथा बैठकहरुलाई तिब्रता दिएको छ । दलित समुदायको संगठनको रुपमा रहेको नेपाल उत्पीडित जातिय मुक्ति समाजले विगत देखि नै दलितहरुको मुक्तीका लागि संगठित हुदै नेकपा एमालेमा गोलबद्ध हुदै आएको नेपाल उत्पीडित जातिय मुक्ति समाज केन्द्रिय सदस्य टिकाराम सुनारले बताउनुभयो । समग्र दलित समुदायले आफ्नो हक र अधिकार प्रप्तीका लागि संगठीत हुनुपर्नेमा केन्द्रिय सदस्य टिकाराम सुनारले जोड दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य पुर्णचन्द्र परियार, योगनाथ सुनार, मधुकला वि.क, पार्वती वि.क र नेपाल उत्पीडित जातिय मुक्ति समाज प्रदेश सह इन्चार्ज पुर्णकला सुनार, कपिलवस्तु इन्चार्ज सुमित्रा परियार, जिल्ला कमिटि सचिव पदम सुनार, सह सचिव जानकी गहतराज लगाएतको उपस्थिती रहेको थियो ।
बैठक नगर कमिटि अध्यक्ष कृष्ण बहादुर वि.कको अध्यक्षता र पितम्बर सुनारको संचालनमा सम्पन्न भएको थियो ।

धेरै पढिएको

ताजा समाचार