
कपिलवस्तु -पछिल्लो समय हरेक तहको चुनावमा देशैभर स्वतन्त्र उम्मेदवारको लहर बढेको छ । स्थानिय तहमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन जिते पछि सर्वाधिक चर्चा बटुलेपछि आगामी मंसिरम ४ मा हुने संघ र प्रदेशको चुनावमा पनि स्वतन्त्र उम्मेदवारहरुको आकर्षण बढेको छ ।सोहि अनुसार आसन्न मंसिर ४ मा हुने संघ र प्रदेशको चुनावमा कपिलवस्तुबाट पनि स्वतन्त्र उम्मेदवारको लहर देखिएको छ । तिन प्रतिनिधि सभा र ६ प्रदेश सभामा हुने चुनावको लागि ६५ जना स्वतन्त्र उम्मेदवार चुनावि मैदानमा उत्रिएका छन ।
कपिलवस्तुबाट संघ तर्फ १७ र प्रदेश तर्फ ४८ जनाले स्वतन्त्ररुपमा उम्मेदवारी दिएका छन । संघ तर्फ सबै भन्दा धेरै कपिलवस्तु क्षेत्र न ३ मा ८ जना स्वतन्त्र उम्मेदवार चुनावि मैदानमा छन भने प्रदेश सभा तर्फ भने कपिलवस्तु क्षेत्र न ३(२) मा१७ जना स्वतन्त्र उम्मेदवारहरु चुनावि मैदानमा छन । प्रतिनिधि सभा क्षेत्र न १ तर्फ ४ जना उम्मेदवारले स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएर चुनावमा छन ।उक्त क्षेत्रबाट ३५ वर्षिय शेर बहादुर यादव, ६२ वर्षिय ललित गुरुङसहित ४ जना स्वतन्त्र उम्मेदवाहरु चुनावि मैदानमा छन ।
त्यस्तै क्षेत्र न २ तर्फ २९ वर्षिय जितेन्द्र थारुसहित ५ जना स्वतन्त उम्मेदवा संघिय चुनावि मैदानमा उत्रिएका छन । यता क्षेत्र न ३ मा चर्चित युवा गणेश कुमार जि सीसहित ८ जना सघिं सांसद पदको लागि स्वतन्त्र रुपमा चुनावि मैदानमा छन ।
त्यस्तै कपिलवस्तुका ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा पनि स्वतन्त्र उम्मेदवारको लहर छ । प्रदेश सभा तर्फ जिल्लाभरबाट ४८ उम्मेदवार स्वतन्त्ररुपमा चुनावि मैदानमा छन ।
प्रदेश सभाको निर्वाचनको लागि कपिलवस्तु निर्वाचन क्षेत्र न १(१) बाट २ जना ,१(२) बाट ६ जना , निर्वाचन क्षेत्र न २ (१) बाट ८ जना ,निर्वाचन क्षेत्र न २(२) बाट ६२ वर्षिय कबुतरी वराईनी,५८ वर्षिय श्रीप्रकाश पाण्डे सहित ४ जना
त्यस्तै कपिलवस्तु क्षेत्र न ३ (१) बाट एकिकृत समाजवादि पार्टी परित्याग गरी स्वतन्त्ररुपमा उम्मेदवार दिएका प्रभावशालि नेता ओम प्रकाु कुर्मि(चौधरी, पश्चिम क्षेत्रमा युवापुस्ताले रुचाएका पात्रको रुपमा रहेका पुष्कर वन्जाडे,२७ वर्षिय चन्द्रिका चौधरीसहित यस क्षेत्रबाट प्रदेशसभाको निर्वाचनको लागि ११ जना स्वतन्त्ररुपमा चुनावि मैदानमा छन ।
कपिलवस्तु निर्वाचन क्षेत्र न ३(२) मा सबै भन्दा धेरै स्वतन्त्र उम्मेदवार चुनावि मैदानमा छन । यस क्षेत्रबाट नेकपा माओवादि केन्द्र शिवराज नगरकमिटी उपाध्यक्ष एवम माओवादि केन्द्रका प्रभावशालि नेता चुरवहादुर खड्का (जिवन)ले माओवादी केन्द्र पार्टी परित्याग गर्दै स्वतन्त्ररुपमा निर्वानको मैदानमा छन । त्यस्तै यस क्षेत्रबाछ ६८ वर्षिय फरिद अहमद ,६१ वर्षिय अब्दुल करिमसहित १७ जना स्वतन्त्ररुपमा चुनावि मैदानमा छन ।
मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको उम्मेदवारका लागि निर्वाचन आयोगले बुधबार चुनाव चिह्न प्रदान गरेको छ । आधिकारिता पाएका दलहरुलाई सम्बन्धित दलको चुनाव चिह्न प्राप्त गरे भने स्वतन्त्र हैसियतले उम्मेदवारी दिनेहरुले फरक चुनाव चिह्न पाएका छन् ।कपिलवस्तुबाट विभिन्न राजनितिकदल र स्वतन्त्र उम्मेदवार गरी संघिय निर्वाचनका लागि ५० जना उम्मेदवार चुनावि मैदानमा छन त्यस्तै प्रदेश सभा तर्फ ९३ जना चुनावि मैदानमा उत्रिएका छन ।