कपिलवस्तु क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपक बेल्बासेले नगरीक आफैले पटक पटक चुनेर १५ बर्ष सम्म नेत्रित्वमा पुराउने तर विकास र परिवर्तन भएन भनेर प्रश्न समेत गर्न नसक्नुलाई विडम्बना भएको बताउनु भएको छ ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामि मंसिर ४ हुने आमनिर्वाचनको लागि उम्मेदवार दिनुभएका बेल्बासेले नेत्रित्वमा पुगेका प्रतिनिधिहरु विकास र परिवर्तन भन्दा आफनै विलासी जीवनमा मात्रै ख्याल गर्न यो समाज ढुङ्गे युग शैलीबाटै उत्रिन नसके जस्तो बनेको बताउनु भएको छ ।
उहाँले भन्नु भएको छ एतिहासिक , पर्यटकिय क्षेत्रहरु जिर्ण बन्दै गएका छन ती क्षेत्र को प्रवर्दन , संरक्षण गर्ने काम जनता ले चुनेर पठएका प्रतिनिधि को हो कि होइन ?
साथै उहाँले सामान्य स्वास्य समस्यामा समेत उपचारको लागि बुटवल , काठमाडौ धाउनु पर्ने बाध्यता रहेको बताउनु भएको छ ।साथै मुख्य चोक बजारबाट केहि पर पुग्ने हो भने सडक पुर्वाधारको समेत ब्यवस्था नहुनु को जिम्मेवार भन्दै प्रश्न गर्नु भएको छ ।
चुनावि मैदानमा उत्रिनु भएका बेल्बासेले भन्नु सामाािक संजालमा लेख्नु भएको जस्ताकोत्यस्तै