कांग्रेसको स्वाभिमान रक्षाका लागि मेरो स्वतन्त्र उम्मेदवारी : ललित गुरुङ


कपिलवस्तु २ कार्तिक ।
प्रतिनिधि सभा सदस्यका लागि कपिलवस्तु क्षेत्र नं १बाट ललित गुरुङले स्वतन्त्र उमेदवारी दिनुभएको छ । गठनबन्धन देउवा र प्रचण्डको हितमा मात्र रहेकोले जनताको हितको लागि आफ्नो स्वतन्त्र उम्मेदवारी रहेका बताउनुभएको छ । उहाले पत्रकार भेटघाटमा बोल्दै कांग्रेसको स्वाभिमान अस्तित्व रक्षाका लागि मेरो उम्मेदवारी हो भन्नु भयो । दशकौ देखि पार्टीको त्यगी र इमान्दार कार्यकर्ता भएर काम गर्दा पार्टीले कुनै अवसर नदिएको वताउदै गठबन्धनका नाममा कतिवर्ष अरुलाई वोक्ने उहाले प्रश्न गर्नु भयो । आफूले स्वतन्त्र उम्मेदवारी दिएपछि यतिबेला गठबन्धनगर्नेहरु अत्तालिएको भन्दै मैले जितेर देखाउछु पर्खेर हेर्नुहोस भन्ने सन्देश दिन चाहान्छु उहाले भन्नु भयो ।
म माओवादीलाई कुनै दोष दिन्न कमजोरी कांग्रेसकै हो किन भने जनाधार नै नभएको पार्टीलाई गठबन्धनका नामम क्षेत्र छाड्न् हुदैनथ्यो उहाले भन्नु भयो । कांग्रेस हिजो कहा थियो र आज कहाँ छ सोच्न नेतृत्वलाई भन्दै आफ्नै ताकतमा हिड्ने कांग्रेसको प्रतिनिधीत्व सुनिश्चत गर्न म उम्मेदवार भएको छु । नलका चिन्हमा मता दिएर कांग्रेस बचाउन म सबै कार्यकर्तालाई अपिल गर्छु उहाले भन्नु भयो । म कुनै पनि प्रलोभन र दवावमा परेर जनतालाई धोका दिन्न भन्दै आर्थिक सामाजिक क्षेत्रमा रहेका समस्याहरुलाई सुधार गर्दै पार्टी भन्दा माथि रहेर स्वतन्त्र रुपमा बिकास गर्न चाहेको उहाको भनाई रहेको छ। पार्टीको निति प्रबृति सुधार हुनुपर्ने भन्दै उहाको भनाइ रहेको छ ।
जनताका आधारभूत आवश्यकता पनि परिपूर्ति गर्न नसकेको भन्दै पहुच नभएका जनताहरु अझै पनि नागरिकताका लागि १५ दिन धाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।मैले स्वतन्त्र रुपमा जितेपछि देखिन लायक सु्धार ल्याउछु उहाले भन्नु भयो ।

धेरै पढिएको

ताजा समाचार