शिवराजको चुनावी कमाण्डर पोख्रेल बने :उम्मेदवार के सी भन्छन जित सहज छ


कपिलवस्तु-आसन्न मंसिर ४ मा हुने निर्वाचनको लागि नेकपा एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र न ३ ले महादेव पोख्रेललाई शिवराज नगरपालिकाको कमाण्डरको जिम्मा दिएको छ। मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि एमाले शिवराजका उपाध्यक्ष समेत रहेका पोख्रेललाई कमाण्डरको जिम्मा दिएको हो । निर्वाचन परिचालन कमिटी कपिलवस्तु क्षेत्र न ३को कार्यालय उद्घाटनको अवसरमा पोख्रेललाई उक्त जिम्मेवारी दिएको हो । गत स्थानिय तहको निर्वाचनमा मेयर पदमा झिनो मतान्तरले पराजित पोख्रेल लोकप्रिय मानिनिुहुन्छ ।

कार्यालय उदघाटनको अवसरमा बोल्दै निर्वाचन परिचालन कमिटी क्षेत्र न ३ का संयोजक सफर अलिमियाले एमालेलाई जिताउन सबै नेता कार्यकर्तालाई निर्देश दिनु भएको छ । एमालेको जितलाई निश्चित गर्न जुनसुकै परिस्थसतमा पनि लाग्नु पर्ने बताउनु भयो । घर दैलोमा पुगेका नेता कार्यकताएहरुलाई एमाले सरकारको पालामा भएका कामहरु नगरीकहरु मझ पुराउन आग्रह गर्नु भयो ।
यो निर्वाचनमा एमाले उम्मेदवारहरुलाई हार्ने छुट नभएको भन्दै मियाले व्यवस्थित ढंगले निर्वाचानमा होमिन हाग्रह गर्नु भयो ।एमालेको तर्फबाट निर्वाचन क्षेत्र न ३ को प्रतिनिधि सभा तर्फ मंगल प्रसाद गुप्ता, प्रदेश सभा क्षेत्र न ३ (१) तर्फ अर्जुन कुमार के सी , र क्षेत्र न ३ ( २ )तर्फ राजाउ खाँ चुनावि मैदानमा हुनुन्छ त्यस्तै प्रतिनिधि सभाको समानुपातिक तर्फ सराज अहम्मद फारुकि हुनुन्छ।

कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर–३(१) का प्रदेश सभाका उम्मेदवार अर्जुन कुमार के सी ले मंसिर ४ गतेको चुनावपछी आम नागरिकको मुहारमा चमक ल्याउने काम गर्ने बताउनु भयो ।
। २०७४ मा पहिलो पटक प्रदेश सांसदमा निर्वाचित हुनु भएका केसी लाई एमालेले पुन यो पटक पनि एकल रुपमा नाम सिफरीस गरेको थियो ।

फेरबदलको सरकारमा पनि निर्वाचित पछि प्रदेश सरकारबाट सयौं योजनाहरु यस यस क्षेत्रमा पारेको बताउदै बाकि योजना अगाडि सारे पनि पुरा हुन नसकेको बताउँदै अझै बाकि योजना पुरा आफु निर्वाचित पछि पुरा गर्ने बताउनु भयो । यस क्षेत्रमा एमालेले जित्ने अनेक आधर नै आफुले प्रदेश सरकारबाट पारेका योजना रहेको बताउनु भयो ।यस क्षेत्रमा आफुले प्रदेश सरकारबाट शिक्षा तर्फ विभिन्न विध्यालयको लागि लाखौ योजना पारेको बताउनु भयो ।

त्यस्तै स्वास्थ्य तर्फ पनि उल्लेख्य काम गरेको बताउदै पुर्वाधार विकास पनि एमालेकै योगदा रहेको बताउनु भयो ।
अव पुन निर्वाचित पछि यस क्षेत्रलाई लाई उत्कृष्ट विकासको नमूना बनाउँदै आगामि दिनमा पनि एमालेको जित शुनिश्चत गर्ने बताउनु भयो
। हामी चुनाब जित्छौ र काम गर्ने छौं । सबै प्रतिवद्धाताहरु पुरा गरेरै छोड्ने छौं उहाँले भन्नु भयो ।

कार्यक्रममा एमाले शिवराजका उपाध्यक्ष एवम शिवराज क्षेत्रका निर्वाचन परिचालनको कमाण्डर सम्हालेका पोख्रेलले आफनो जिम्मेबारी १ सय प्रतिशत नै देखिने गरी निर्वाह गर्ने बताउनु भयो । सिङ्गो पार्टीपंक्ति एकताबद्ध भएर जनतामाझ पुगेमा शिवराजबाट एमालेको पक्ष्यमा १० हजार बढि मत आउने ठोकुवा गर्नु भयो । एमालेलाई अन्य कुनै पनि तत्वले हराउन सक्दैन हामी पार्टी भित्र एक हौं उहाँले भन्नु भयो ।

निर्वाचन परिचालन कमिटी शिवराजका संयोजक महादेव पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य बाबुराम सापकोटा, गणेश के सी ,शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेल एवम एमाले शिवराजका नेताहरुको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन एमाले शिवराजकी उप सचिव शुशिला खनालले गर्नु भएको थियो ।

धेरै पढिएको

ताजा समाचार

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले रुकुम पश्चिम र जाजरकोट जिल्लाको निर्वाचन तयारीको स्थलगत अनुगमन गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रम अन्तर्गत अर्थमन्त्री खनालले हिजो (शुक्रबार) दुवै जिल्लाको भ्रमण गरेका हुन् । भ्रमणका क्रममा उनले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्थाबारे जानकारी लिएका थिए । रुकुम पश्चिममा भएको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको जानकारी गराउँदै २१ वटा मतदान स्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको बताए । त्यस अवसरमा अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयको समेत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत दिपेन्द्र थापा मगर र जिल्ला निर्वाचन अधिकारी मोहनलाल के.सीसँग छलफल गर्दै हालसम्मको निर्वाचन तयारीबारे जानकारी लिएका थिए । त्यसैगरी, जाजरकोट जिल्लाको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको र १६ वटा मतदान केन्द्रलाई अति संवेदनशीलमा वर्गीकरण गरिएको जानकारी अर्थमन्त्रीलाई गराएका थिए । अर्थमन्त्रीले खनालले जिल्ला निर्वाचन कार्यालयको स्थलगत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनाल र जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलसँग निर्वाचन तयारीको अवस्थाबारे छलफल गरेका थिए । दुवै जिल्लाको अनुगमनपछि अर्थमन्त्री खनालले निर्वाचन तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको, स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण बनेको र आम मतदाताले भयरहित रूपमा निर्वाचनमा सहभागी हुन सक्ने अवस्था रहेको बताएका छन् ।