
कपिलवस्तु –
कपिलवस्तु क्षेत्र नम्बर ३ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रजाउ रहमान खाँले केपी शर्मा ओेलीकाे नेतृत्वकाे सरकारले देशकाे विकासमा आमूल परिवर्तन ल्याएकाे दाबी गर्नु भएको छ । उहाँले विकासका पुर्वाधारहरुमा ३ वर्षे कार्यकालमा ओेलीले देशकाे मुहार फेर्न सफल भएको बताउनुभयाे । उम्मेदवार रजाउ रहमानले बुधबार विजयनगर गाउँपालिकाकाे वडा नम्बर २ एमालेका नेता, कार्यकर्तासँग भेटघाट गर्ने क्रममा यस्ताे बताउनुभएकाे हाे ।
उहाँले एमालेकाे सरकारले हरेक पालिकामा १५ देखि २५ सय शैय्याकाे अस्पताल निर्माण गर्ने, स्वास्थ्य बिमा, आफ्नो गाउँ आफै बनाउँ, गाउँ र गल्ली-गल्लीमा रिङ राेड निर्माणकाे नीति, कर्मचारीकाे तलब वृद्धि, ५ हजारसम्म बृद्ध भत्ता दिने, पाेषणा भत्ताकाे व्यवस्था, स्वास्थ्य, शिक्षा र भाैतिक पुर्वाधारकाे विकास उल्लेखनीय काम भएको बताउनुभयाे ।
उहाँले सुर्य चिन्हमा अत्यधिक मतदान गरि विजयी बनाउन कार्यकर्ता र मतदातासँग संघ र प्रदेशमा एमालेकाे सरकार बनाउन अनुरोध गर्नुभयाे। उनले जनताले प्रत्यक्ष महसुस हुने गरि विकास गर्ने र जनताकाे साझमा जनताकाे सेवक भएर काम गर्ने अवसर प्रदान गर्न मतदातासँग अपिल गर्नुभयाे ।