
कपिलवस्तु-मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसंगै कपिलवस्तु क्षेत्र न ३ मा एमाले तर्फबाट उम्मेदवार बनेका उम्मेदवारहरुले प्रचारप्रसारलाई तीव्र रुपमा अगाडि बढाएका छन ।
यतिवेला प्रतिनिधिसभा तर्फका उम्मेदवार मंगल प्रसाद गुप्ता र प्रदेशसभा सदस्यका उम्मेदवारहरु अर्जुन कुमार के सी , रजाउ खाँ र प्रतिनिधि सभा तर्फ समानुपातिकका उम्मेदवार सराज अहमद फारुकि यतिखेर आफना विकासे योजनासहित मत माग्न जनताको घरदैलोमा पुग्न थालेपछि यस क्षेत्रमा चुनावी माहोल तातेको छ ।
घरदैलो अभियानमा पुगेका कपिलवस्तु क्षेत्र न ३ प्रतिनिधि सभाका उम्मेदवार मंगल प्रसाद गुप्ताले यस क्षेत्रका समृद्धिका विकासे योजनालाई पहिलो प्राथमिकता दिनु पर्ने बताउनु भएको छ। उहाँले यस क्षेत्रमा उम्मेदवारको रुपमा गाउँगाउँ छिर्दा सामान्य सेवा सुविधाबाट पनि बन्चित भएको देखेको भन्दै दुरदराजका नागरीकहरुले समेत सरकारको मशसुस गर्ने योजना सहित अगाडि बढने बताउनु भयो । विकास र परिर्वनको संवाहक नै एमाले रहेको भन्दै परिवर्तित समाज निर्माणको लागि एमालेको जित अपरिहार्य रहको बताउनु भयो ।
यस क्षेत्र भित्र नमुना कृषि योजना , ग्रामीण सडक विकास , प्राविधिक शिक्षालय , स्वास्थ्य, खानेपानी, सञ्चार, सिँचाइ , पर्यटन र उद्योगको विकास तर्फका योजना प्राथमिकताका साथ अगाडि सार्ने बताउनु भयो । विकास र समृद्धि योजना लाई प्राथमिकता दिदैं आधुनिकीकरणमा जोड दिन बताउनु भयो ।
समग्र विकास र परिवर्तन सामाजिक, आर्थिक र भौतिक विकास लाई प्राथमिकतामा राखेर योजनाबद्ध अगाडि बडेको बताउनु भयो ।
मैलेयस क्षेत्रमा पारेका विकासे योजना नै जितको आधार : के सी
नेकपा एमाले कपिलवस्तु क्षेत्र नं. ३ (१) प्रदेश सभा सदस्यका उम्मेद्वार अर्जुन कुमार के सी ले केपी शर्मा ओलीको नेतृत्वमा भएका समयमा भएका विकास निर्माणका काम काम नै एमालेले जित्ने मुख्य आधार रहेको बताउनु भएको छ । साथै आफुले पटक पटक सरकार परिवर्त हुदा पनि आफु सांसको हैसियतले यस क्षेत्रमा ल्याएका योजनाले आफनो जित सहज रहेको दावि गर्नु भयो ।
साथै उहाँले भन्नु भयो यस क्षेत्रमा एमालेको सांगठनिक संरचना र आफुले यस क्षेत्रमा पारेका योजनाहरु जितको आधार रहेको बताउनु भयो ।पाँच वर्षको कार्याकालमा साना ठुला गरी सयौं अल्पकालीन र दीर्घकालीन योजना ल्याएको भन्दै आगामि दिनमा पनि यस क्षेत्रका नागरीकहरुले प्रत्यक्ष रुपमा महसुस गर्ने खालका योजना र विकासका मुद्द्धा अगाडि सार्ने बताउनु भयो । साथै शिक्षा र स्वास्थ्य, कृषि लगायत पुर्वाधार विकास तर्फ नागरीकले प्रत्यक्ष लाभ लिने योजना ल्याउने बताउनु भयो ।
कपिलवस्तु क्षेत्र न ३ (२) बाट उम्मेदवार रजाउ खाँ
कपिलवस्तु क्षेत्र न ३ (२) बाट उम्मेदवार बन्नु भएका रजाउ खाँले यस क्षेत्रले सही नेतृत्वको नपाउँदा विकासे निति बन्न नसकेको बताउनु भयो। एमाले सरकारको आकांक्षा नै सुखि नेपाली ,समृद्ध नेपाल भएको भन्दै आफूले जितेर जनताको समस्या समाधान गर्न पूर्णरूपमा तत्पर भएर लाग्ने लक्ष्य रहेको बताउनु भयो ।
। साथै यस निर्वाचन क्षेत्रमा समृद्धि बनाउन कालोपत्रे सडक सञ्जाल, विधुत, स्वास्थ्य ,शिक्षा र सम्पूर्ण भौतिक विकास योजना सहितका एजेण्डा रहेको बताउनु भयो । उम्मेदवार रजाउ रहमानले विभिन्न याउँहरुमा घरदैला अभियानमा ब्यस्त हुनुन्छ ।