शिवराजमा उत्पीडित जातीय मुक्ति समाजको भेला सम्पन्न


 

कपिलवस्तु-नेकपा एमालेनिकट जातीय सङ्गठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको नगरस्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । आसन्न निर्वाचनलाई लक्ष्ति गर्दै कपिलवस्तुको शिवराज नगरपालिकामा नगर भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै कपिलवस्तु क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मंगल प्रसाद गुप्तनले दलित मुक्तिका लागि मुक्ति समाज एक मात्र साझा दलित सङ्गठन भएको बताउनु भयो ।विकासरुपि गंगाको संवाहकको निम्ती एमालेलाई जिताउन आवहान समेत गर्नु भयो

उहाँले दलितहरुले आर्थिक, सांस्कृतिक र राजनैतिक अधिकार प्राप्त गर्नका लागि एमालेको जित आवश्यक रहेको बताउनु भयो । उत्पीडित जातीय मुक्ति समाजका आम नागरीकहरुको हकहिका निम्ति आन्दोलनमा उत्रिने एक मात्र पार्टी एमाले भएको बताउनु भयो ।
भेलामा कपिलवस्तु क्षेत्र न ३( १) का उम्मेदवार अर्जुन कुमार के सी ले नेकपा एमालेले मात्र दलित तथा उत्पिडित समुदायका नागरीकको उथ्थान र हित चाहने बताउनु भयो । जातपात र छुवाछुत प्रथाको पूर्ण अन्त्य, समतामूलक समाजको निमार्ण गर्न एमालेले एककदम अगाडि पाईला चालेको बताउनु भयो ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै एमाले कपिलवस्तु सचिव एवम उत्पीडित जातीय मुक्ति समाज लुम्बिनी प्रदेश सह इन्चार्ज चन्द बहादुर गहतराजले
दलितहरुलाई एमालेको विचार नीति र सिद्धान्तमा गोलबन्द हुन आग्रह गर्नु भयो । विगतका दिमा दलित समुदाय प्रति एमाले सरकारले गरेका अनुकरणिय कार्यहरुको स्मरण गराउदैं आगामि निर्वाचनमा एमादेको जित पछि दलितलाई कुनै पनि अवसरहरुबाट बञ्चित नबनाउने बताउनसु भयो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन परिचालन कमिटी कपिलवस्तु क्षेत्र न ३ का संयोजक सफर अलिमियाल जातीय र वर्गीय विभेदको अन्त्य बिना मुलुक समृद्ध हुन नसक्ने बताउनु भयो ।दलित र उत्पीडित वर्गका नागरीकको हितको निम्तिी सदैब एमालेले आवज उठाउँदै आएको बताउनु भयो ।

सोहि कार्यक्रमलाइै सम्बोधन गर्दै एमाले शिवराजका उपाध्यक्ष महादेव पोख्रेलले छुवाछुतको अन्त्यको प्रक्रिया थालनिको निम्ती उत्पीडित जातीय मुक्ति समाजका नागरीकको लागि एमाले समस्या नै कदम चालेको बताउनु भयो ।भेलामा जातीय मुक्ति समाज कपिलवस्तुका अध्यक्ष राम प्रकट कोरीले
दलितहरुको हक अधिकार प्राप्तिको लागि यो संगठनले जातिय भेदभाव र छुवाछुतका विषयका समस्यम समाधान गर्न डटेर लाग्ने बताउनु भयो ।

समाज रुपान्तरणको अभियान अझै शसक्त पार्न एमालेको जित आवश्यक रहेको बताउनु भयो। नेपाल उत्पीडित जातीय मुक्ति समाजका शिवराजका अध्यक्ष मते विश्वकर्माको अध्यक्षता, नेपाल उत्पीडित जातीय मुक्ति समाज कपिलवस्तुका जिल्ला सदस्य संजिव गहतराजको संचालनमा सम्पन्न भएको भेलाले आसन्न निर्वाचनलाई लक्ष्ति गर्दै नेपाल उत्पीडित जातीय मुक्ति समाज लाई परिचालको निम्ती फर्स विश्वकर्माको संयोजकत्वमा १०१ सदस्यि चयन गरेको छ ।

धेरै पढिएको

ताजा समाचार