कपिलवस्तु-कपिलवस्तुको कृष्ण नगर क्षेत्रमा रहेर एमालेको संगठनलाई मजबुद बनाएका युवा नेता मृजा रासिद बेग आसन्न मंसिर ४ गते हुने निर्वाचनको लागि कपिलवस्तु क्षेत्र न ३(२) बाट प्रदेश सभा सदस्य पदका लागि उँम्मेदवार बनेका छन। पछिल्लो समय कृष्ण नगरमा एमाले पार्टीलाई मजबुद बनाएका बेगलाई स्थानिय तहको निर्वाचनमा उम्मेदवार बनाउने भने पनि त्यतिवेला उम्मेदवार बन्न पाएनन तर प्रदेशको निर्वाचनको अपेक्षा गरेका रासिदलाई पार्टीले टिकट नदिए पछि अहिले उनी जनता प्रगतिसिल पार्टी बाट चुनावि मैदानमा उत्रिएका छन ।
एमालेमा छदैेंं आफनौ लोकपृयता कमाएका रासिदले यतिवेला घरदैलोको क्रममा युवा भिजन सहित चुनावि मैदानमा उत्रिएका छन ।
काधका कोदालो,जोसिला युवा,सबैलाई नमस्कार आर्सीवाद दिनुस् भन्दै जनताको घरघरमा पुगेका छन मिर्जा रासिद बेग,सलिन स्वभावका मिर्जा प्रति जनताको विश्वास जितेका छन ।
जनता प्रगतिशील पार्टी नेपालको कोदालो लिएको किसान चुनाब चिन्हबाट निर्वाचनमा होमिएका राशिद बेग आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने कृषननगरका ९ वटा वडा, बिजयनगरका सबै वडा र शिबराज नगरपालिकाको वडा नं ९ मा गाउँ गाउँ र टोल टोलमा आफ्नो घरदैलो अभियान तथा भेट्घाट अभियान तिब्र बनाएका छन ।
लामो समय यस क्षेत्रमा राज गरेका सांसदहरुले केही बिकास नगरेको भन्दै युवा जोश जागंरका साथ विभिन्न एजेन्डा सहित नेता राशिद बेग निर्वाचनमा होमिएका हुन । युवाका प्रीय पात्र र वृद्धहरुका आशा मानिने नेता मिर्जा राशिद बेगले घरघरमा भोट माग्दै वृद्धहरुको आशिर्वाद समेत प्राप्त गरेका छन ।
नेता मिर्जा राशिद बेगले युवा जोश जागँर देखाउदै युवाहरुलाई रोजगारिको अवसर सिर्जना गर्ने योजना रहेको र किसानका समस्यालाइ प्रमुख प्राथमिकतामा राखेको बताएका छन । उम्मेदवार मिर्जा राशीद बेगले भने “म निर्वाचन जिते पनि नजिते पनि जनताको सेवक रहेर काम गर्छु तर निर्वाचन जितेँ भने दलालहरुले जस्तो बजेट हिनामिना गर्दैन, सहि सदुपयोग गर्छु र जनताका समस्या समाधानमा जोड दिन्छु“ ।