कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मंगल प्रसाद गुप्ताले अब जनताले सम्प्रदायिक कुरामा आएर कसैलाई पनि भाेट दिने अवस्था नरहेकाे बताउनुभएको छ । उहाँले अहिले जनताहरु अजाद भइसकेकाे बताउँदै जनताले भ्रममा नपर्ने बताउनुभयो । जात, धर्मका आधारमा मतदाताले उम्मेदवारलाई भाेट दिन नहुने जिकिर गर्दै मतदाताले विकासकाे आधारमा नेकपा एमालेलेका उम्मेदवारलाई भाेट दिने मानसिकता बनाएकाे उम्मेदवार गुप्ताले बताउनुभयो ।
मंगलबार नेपाल मुस्लिम इत्तेहाद संगठन शिवराज नगर कमिटीकाे बैठकमा उहाँले बताउनुभएको हाे । उहाँले नागरिक स्वतन्त्र भइसकेकाेले कसैकाे दबाबमा नपरेर देश विकास र समृद्धिका विकासप्रेमी नेतालाई भाेट हाल्न आग्रह गर्नुभयो । मुस्लिम समुदायका हकअधिकारका लागि आवाज बुलन्द गर्न नेकपा एमाले प्रतिबद्ध रहेकाे बताउनुभयाे ।
यसैगरी प्रतिनिधि सभा समानुपातिक उम्मेदवार सराज अहमद फारुकीले आफ्नो हक अधिकार प्राप्तिका लागि संगठन आवश्यक रहेकाे बताउनुभयो । उहाँले सामुहिक रुपमा संगठित हुँदा बलियाे हुनुकाे साथै आफ्नो अधिकारका लागि सम्बन्धित निकायलाई घचघच्याउन सहज हुने बताउँदै राजनीतिक दलका हिसाबले नेकपा एमाले सबै दलभन्दा गाैरवशाली र शक्तिशाली पार्टीको भएको बताउनुभयो । उहाँले मुस्लिम समुदायको उत्थानका लागि एमाले आवश्यक रहेकाे र याे निर्वाचनमा सबैले सुर्य चिन्हमा भाेट हालेर जिताउनुपर्ने बताउनुभयो ।
यस्तै क्षेत्र नम्बर ३ (क) का उम्मेदवार अर्जुन कुमार केसीले नेकपा एमालेले मुस्लिम समुदायका महिलालाई शिक्षाकाे मूलधारमा ल्याउनका लागि अहम भूमिका खेलेकाे बताउनुभयो । उहाँले केपी ओेली नेतृत्वकाे सरकारले मदरसामा भाैतिक पुर्वाधार र शैक्षिक स्तरमा विकासकाे साथै अनुदान रकमसमेत विनियोजन गरि दिने गरेकाे बताउनुभयो । मुस्लिम समुदायलाई शिक्षाकाे मूलधारमा ल्याउन एमालेले नीति, नियममा रहेर अगाडी सार्ने केसीले बताउनुभयो ।
यसैगरी क्षेत्र नम्बर ३ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार रजाउ रहमान खाँले मुस्लिम समुदायलाई अगाडी बढ्न आवश्यक रहेकाे बताउनुभयो । उहाँले इत्तेहाद संगठनलाई बलियो बनाउँदै यसै संगठनबाट समुदायको आवाज उठाउनुपर्ने बताउनुभयो । उहाँले देशमै नेकपा एमाले बलियो पार्टीको भएकोले मुस्लिम हक अधिकारका यस निर्वाचनमा सुर्य चिन्हमा एकताबद्ध भएर मतदान गर्न जरुरी रहेकाेे बताउँदै एमालेका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो ।