कपिलवस्तु क्षेत्र न.३ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवम कांग्रेस नेता अभिषेक प्रताप शाहले कृष्णनगर नगरपालिका-८ बहादुरगंजमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै मंसिर ४ गते हुने निर्वाचनमा आफुभारी मत सहित विजयी हुने सुनिश्चित रहेको बताउनु भएकाे छ । आफुले क्षेत्रको विकासको लागि निरन्तर लागि परेको बताउनुभयो । शाहले आगामी निर्वाचनमा संविधानलाई ध्वस्त पार्ने तत्वलाई मत दिन नहुने जिकिर गर्नुभयो । शाहले माओवादी र एमाले विच भएको एकतालाई ओलीले कायम राख्न नसकेपछि माओवादीको आग्रहमा अहिलेको सरकार निर्माण भएको बताउनुभयो ।संविधान बचाउनको लागि काग्रेस र माओवादी लगायतका पार्टीको गठबन्धन भएको बताउँदै आगामी सरकार पनि गठबन्धनकै बन्ने दावी गर्नुभयो ।
जनताको मतलाई अपमान गरेको एमालेलाई अहिले चुनावमा मत माग्न लाज लागिरहेको बताउनुभयो ।प्रदेशको मुख्यमन्त्री विरेन्द्र कनोडिया,प्रदेशको मन्त्री एहसान अहमद खाँ र आफु केन्द्रको मन्त्री बन्ने सम्भावना रहेको जिकिर गर्नुभयो ।कार्यक्रममा क्षेत्र न ३ (१) प्रदेश सभा सदस्य एहसान अहमद खा ले आफु माओवादीको मात्र नभइ काग्रेसको पनि उम्मेदवार रहेको जिकिर गर्नुभयो ।
निर्वाचन पश्चात प्रदेश र केन्द्र सरकार गठबन्धनको बन्ने हुदाँ सबैले गठबन्धनलाई मत दिनुपर्ने जिकिर गर्नुभयो । क्षेत्र भित्रका सम्पूर्ण समस्याहरु पहिचान गरेकोले ती समस्या समाधान आफ्नो नेतृत्वमा हुने दावि गर्नुभयो । क्षेत्र न ३ (२) प्रदेश सभा सदस्य विरेन्द्र कुमार कनोडियाले ५ वर्षको अवधिमा २ वर्ष मात्र सरकारमा आफुहरु रहेको बताउनुभयो । २ वर्षको अवधिमा आफ्नो क्षेत्र भित्र ठुलो लगानी गरेकोले विकास र समृद्धीको लागि आफु निरन्तर जनतामा रहेको बताउनुभयो । कार्यक्रममा काग्रेस र माओवादीका विभिन्न नेताहरुले सम्बोधन गर्नुभएको थियो ।