कपिलवस्तु, २३ कार्तिक ।
निर्वाचन आउन मात्र डेढ साता बाँकी रहँदा चुनावी माहाेल एकदमै तातेकाे छ । देशैभर चुनावी सरगर्मी बढेकाे छ । घरदैलो अभियान तीब्र गति लिएकाे छ । राजनीतिक चर्चा चाेक चाैराहमा चिया गफकाे बिषय बनेकाे छ । गाउँदेखि शहर बजार डिजे साउण्डले गुन्जयमान भएका छन् ।
हरेक राजनीतिक दलका उम्मेदवार कहिले नदेखेकाे गाउँकाे बाटाे हुँदै आम नागरिक माझ भाेट माग्न हाेम्मिएका छन् । यस्तै नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य मंगल प्रसाद गुप्ता पनि संघर्षमा जुटेका छन । उनी विगत ५ दशकदेखि संघर्ष गर्दै समाजसेवामा जीवन व्यतीत गरिरहेका छन् ।
कपिलवस्तु क्षेत्र नम्बर ३ मा विकास र समृद्ध बनाउनुपर्छ भन्ने अठोटका साथ नयाँ आयम खाेज्दै पुर्खाैली सम्पत्तिकाे आडले भएपनि समाजका कृषि, शिक्षा लगायतको क्षेत्रमा याेगदान पुर्याउने गरेका छन् ।
अरुकाे आलोचना गरेर जनतालाई भड्काउनु भन्दा जनतालाई खुसी बनाएर काम गरेर मन जित्नुपर्छ भन्ने उनले दावी गर्छन् । क्षेत्र नम्बर ३ काे विभिन्न गाउँकाे घरदैलो अभियानका क्रममा जनताले उठाएकाे शिक्षाकाे गुणस्तर र सिँचाइलाई प्राथमिकता दिने उम्मेदवार गुप्ताकाे भनाइ छ ।
पछिल्लो समय नितान्त माैलाउँदै गएकाे विकृति र विसंगतिलाई चिर्दै भष्ट्रचाररहित समाज बनाउने बताउँदै हेतुका साथ अगाडि बढेकाे उनी बताउँछन् । समृद्ध देश बनाउन सूर्य चिन्हमा मतदान गरि एमालेकाे सरकार बनाउन आम नागरिकलाई गुप्ताले आग्रह समेत गरे ।