नयाँ अनुहारलाई जनताले विश्वास गर्लान त ?


पार्टी सङ्गठन कमजोर, व्यक्तिगत प्रभावले मात्र निर्वाचन जित्ने हिम्मत सहित निर्वाचनमा होमिएको केही नयाँ अनुहारको रहेका छन । मङ्सिर ४ गते हुने निर्वाचनमा कपिलवस्तु क्षेत्र ३ प्रतिनिधि तथा प्रदेश तर्फ अन्य दलको तुलनामा कमजोर सङ्गठन र कतिपय लामो समय देखि राजनीति गरे पनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएकोका हरुको चर्चा गरौँ ।
राजनीतिक दल मध्ये कम मात्रमै नाम सुनिएको मौलिक जरोकिलो पार्टीले कपिलवस्तुको क्षेत्र न ३ प्रतिनिधि सभामा उम्मेदवारी दिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा न १ निवासी यमन उपाध्याय अहिले निर्वाचनमा होमिएका छन् । युवा उमेर समूहका उपाध्याय राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । केही वर्ष रोजगारीको सिलसिलामा कोरिया बसेको उपाध्याय नेपाल फर्किएर आफ्नो अध्ययनलाई निरन्तरता दिँदै राजनीति गर्न सुरु गरेका हुन ।
काठमान्डौ बसेर अध्ययन गरेकोले उनलाई अहिले निर्वाचनमा होमिन तथा परिचित हुन केही समस्याहरू आइरहेका छन् । सङ्गठन नभएकोले र व्यक्तिगत प्रभाव पनि कम रहे पनि उनी विचार सिद्धान्तको राजनीति गर्नुपर्ने भन्दै जनताको घरदैलोमा व्यस्त छन् । आफूसँग यो क्षेत्रको विकास गर्ने रणनीति रहेको भन्दै जनताको मन जित्ने प्रयासरत रहेका छन् ।
रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यस क्षेत्रको प्रतिनिधि सभा तर्फ उम्मेदवारी दिएको छ । शिवराज नगरपालिका ५ निवासी चन्द्रौटामा व्यवसाय गर्दै आएका दिपक बेल्वासेले उम्मेदवारी दिएका छन् । विगतमा विवेकशील साझा पार्टी,नेकपा एमाले हुँदै राष्ट्रिय स्वतन्त्र पाटीमा गएका बेल्वासेले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति जनलहर रहेको बताउँदै आएका छन् ।
स्वतन्त्र उम्मेदवार गणेश जिसी पनि चर्चामा छन् । शिवराज नगरपालिका ५ निवासी जिसी युवाहरुमा लोकप्रिय मानिन्छन । उनले स्वतन्त रुपमा उम्मेदवारी दिएर अहिले घरदैलोमा व्यस्त रहेका छन् । दलहरुको विकल्पको रुपमा आफु उभिएको जिसीको भनाई रहेको छ ।
क्षेत्र न ३(क)मा स्वतन्त्र उम्मेदवारको रूपमा पुष्कर बन्जाडेले उम्मेदवारी दिएका छन् । सब इन्जिनियर रहेका बन्जाडे अहिले घरदैलो अभियानमा व्यस्त रहेका छन् । दलहरू वाट मुलुकको विकास नभएपछि काम गर्ने व्यक्तिले नेतृत्व गर्नुपर्ने भन्दै उम्मेदवारी दिएको उनको भनाई छ । राष्ट्र घातमा सबै दल संलग्न रहेको भन्दै मङ्सिर ४ गते जनताको अधिकारको दिन भएकोले आफूले जित्ने दाबी गरेका छन् । उनी शिवराज नगरपालिका ५ निवासी हुन ।
क्षेत्र न ३ (ख)मा जनता प्रगतिशील पार्टी वाट मिर्जा रासिद बेगले उम्मेदवारी दिएका छन् । राजनीतिक परिवारमा हुर्किएका बेग पहिलो पटक निर्वाचनमा होमिएका बेगको प्रचार भने आक्रामक रहेको छ । नेकपा एमालेमा रहेका बेगले टिकट नपाएपछि अन्तिम समयमा प्रगतिशील पार्टीमा प्रवेश गरि उम्मेदवारी दिएका हुन । युवाहरूमा लोकप्रिय रहेको बेगले निर्वाचन जित्ने दाउँमा छन् ।त्यस्तै सोही क्षेत्रको प्रदेश सभामा स्वतन्त्र रूपमा चुर बहादुर खड्का९जीवन०को उम्मेदवारी रहेको छ ।नेकपा माओवादी शिवराज अध्यक्ष रहेका खड्का अहिले स्वतन्त्र रुपम उम्मेदवारी दिएका छन् । शिवगढी निवासी खड्का २०७४ मा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
यी व्यक्तिहरू नयाँ अनुहारको रूपमा मैदानमा आएका छन् । ठुला दलहरू सँग प्रतिस्प्रर्धाको लागि आएका यी व्यक्तिलाई जनताले विश्वास गर्लान् त रु नयाँ शक्तिको रूपमा उदय होला त रु यी प्रश्नहरूको घेरामा नयाँ अनुहारहरू रहेका छन । यी प्रश्नहरूको जवाफ कुर्न मङ्सिर ४ कुर्नु नै पर्दछ ।

धेरै पढिएको

ताजा समाचार