आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि कपिलवस्तु क्षेत्र नं। ३ का राजनीतिक दल तथा उम्मेदवारहरुले घर दैलो कार्यक्रम शुरु गरेको छ ।
घर दैलो कार्यक्रममा कपिलवस्तु क्षेत्र न ३(१) का प्रलेश सभा सदस्य पदका उम्मेदवार अर्जुन कुमार के सी जनताको घर दैलोमा पुगेर प्रत्यक्ष भेटघाट गरी मत माग्नुभएको थियो ।
निवर्तमान प्रदेश सांसद समेत रहनु भएका के सी ५ वर्षको कार्याकालमा गरेका विकासे योजाना र आगानि योजना सहित घर दैलोमा पुग्नु भएका के सीलाई स्थानियहरुले ठाउँ ठाउँ मा स्वागत गर्दै विजयीको शुभकाना दिने गरेका छन । । म यो क्षेत्रमा नयाँ अनुहार होइन । यस ५वर्ष जनताकै सेवामा खटिएं निरन्तर काम खटिएं । म र मेरो पार्टीले गरेका काम प्रति बढ्दो जनआकर्षले नै चुनाव जित्दने आधार बनेको छ । म जनतामा भिजेको उम्मेदवार हुँ उहाँले भन्नु भयो ।
यस क्षेत्र भित्रका धार्मिक, ऐतिहासिक, पुरातात्विक सम्पदाहरुको पहिचान र संरक्षण गर्ने, शिक्षा र स्वास्थ्य जनताको अधिकारको रुपमा स्थापित गर्ने, स्वरोजगार, युवा उद्यमी, एक घर एक रोजगारको व्यवस्थाको पहल गर्ने, नीतिगत निर्माणमा जनताको सहि प्रतिनिधित्व गर्ने आफना चुनावि एजे०डा रहेको उल्लेख गर्नु भयो ।