चुनावी अभियान ,के सी को पक्षमा जनलहर


कपिलवस्तु-आसन्न निर्वाचनमा कपिलवस्तु क्षेत्र नं। ३ (१)मा चुनावी अभियान संगै नेकपा एमालेबाट दास्रो कार्यकालका लागी उम्मेदवार बनेका अर्जुन कुमार के।सी।ले क्षेत्रको विकास गर्न सक्ने भन्दै उनको पक्षमा जन लहर बढेको छ ।

निवर्तमान सांसद समेत रहनु भएका के सी ले जनताको विश्वासलाई गुम्न नदिने बताउनुभएको छ । घरदैलोका कूममा पुग्नु भएका के सीले आफनो निर्वाचन क्षेत्र मा आफनो पक्षमा जनलहर आएको बताउँदै जनताले देखाएको विश्वास गुम्न नदिने बताउनुभएको हो ।

५ वर्ष सांसदको रुपमा रहदा यस क्षेत्रको विकासका लागि आफूहरूले धेरै काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

०७४ को निर्वाचनमा भारी मतका साथ विजयी भएका के।सी। आफ्नो ५ बर्षे कार्यकालमा जनताको हित र विकासमा समय खर्चेका कारण उनी प्रति जनआर्कषण बढ्दै गएको विश्लेषकहरुको बुझाई छ । अन्य क्षेत्रका साँसद भन्दा के।सी।ले आफ्नो क्षेत्रको चौतर्फि विकासका लागी गरेका प्रयासहरु प्रशंसनिय रहेकोले पनि आम नागरिकले के।सी।लाई मन पराएका छन ।
सरल स्वभाव, सबैका समस्या, सल्लाह सुन्ने,क्षेत्रको विकास लागी जे सुकै गर्न पनि तम्तयार रहने, के।सी।ले क्षेत्रको विकास र जनताको आर्थिक प्रगतिका लागी प्रदेश देखि केन्द्र सम्म नै जोडबल लगाएका थिए । स्मार्ट कृषि गाउँ, उत्पादन मूखी कार्यक्रम, सिचाइका लागी डिप बोरिङ्ग, दुर्गम बस्तीलाई सडक र बजार संग जोड्न पुल, गुणस्तरिय शिक्षाका लागी स्मार्ट विद्यालय, सुलभ स्वास्थ्यका लागी एम्बुलेन्स लगायत प्रत्यक्ष जनताले अनुभूति हुने गरी काम गरेको हुनाले पनि क्षेत्रको विकास र समृद्धिका लागी पुन के।सी।नै आउनु पर्ने स्थानियहरुको बुझाइ छ ।
सुरही नदिमा मोटररेबल पुल होस या चन्द्रौटाको स्मार्ट रिफ्रेस सेन्टर प्रदेश कै नमुना र ठूला योजनालाई यस क्षेत्रमा ल्याउन अहोरात्र खटेका के।सी। क्षेत्रका अन्य उम्मेदवारका तुलनामा सक्षम र सबल उम्मेदवारका रुपमा चिनिन्छ । क्षेत्रको विकासमा प्रदेश स्तरकै सरुवा रोग अस्पताल पनि के।सी। कै पहलमा यस क्षेत्रमा परेको छ ।

यस क्षेत्रको रुपमा रहेका पर्यटकिय क्षेत्रको प्रचार प्रसार गरी चिनारीको रुपमा स्थापित गर्दै धेरुे भन्दा धेरै पर्यटक भित्राउने बताउनु भएको छ । यसक्षेत्रको विकास र समृद्धिका लागि मेरो अभियान निरन्तर चालेको बताउनु भयो ।

शिक्षा, सडक,विजुली, खाने पानि , सिचाई ,स्वास्थ्य, लगायतका क्षेत्रमा पनि के।सी।ले उल्लेख्य काम गर्नु भएको छ । अन्य उम्मेदावरले आफ्नो एजेण्डा जनतामा माझ लग्दै गर्दा के।सी।ले आफुले सुरुवात गरेका कामहरु पुरा गर्न पुन आफुलाई मतदान गर्न भन्दै घर दैलो अभियान रहनु भएको छ । मठ मन्दिर, मस्जिद धार्मिक तिर्थाटन र पर्यटिकय क्षेत्रको विकास लागी पनि सक्रिय रहेका के।सी। गत निर्वाचनमा जनताले दिएको मतको कदर गरेकै कारण पनि यस पटक पनि जनताले आफुलाई चुनेर पठाउनेमा विश्वस्त हुनुन्छ ।

 

धेरै पढिएको

ताजा समाचार