लोकतान्त्रिक वाम गठवन्धनले शिवराज नगरपालिका ५ चन्द्रौटामा घरदैलो कार्यक्रम गरेको छ । प्रतिनिधि सभा सदस्य पदका उम्मेदावर अभिषेक प्रताप शाह , प्रदेश शभा १ तर्फका उम्मेदावर एसहान अहमद खां सहित घरदैलो कार्यक्रम गरेको हो । नेपाली कांग्रेसका जिल्ला उपसभापति हुमाकान्त खनाल , सचिव प्रेमवहादुर रायमाझी , जिल्ला कार्यसम्पादन समितिका सदस्य हरिप्रसाद पोख्रेल , प्रवक्ता ईश्वरी प्रसाद पाण्डे र माओावादी केन्द्रका प्रदेश सदस्य दिनेश पुन , अर्जुन सापकोटा लगाएतको नेतृत्वको टोलीले मतदाता भेटघाट गरेको निर्वाचन प्रचार प्रसार समितिका सदस्य सचिव राजु खरालले वताएका छन । कांग्रेस उपसभापति खनालले गठवन्धनका उम्मेदावरलाई मतदान गरी विजयी गराउन आवाहन गर्नुभयो । मुलुकमा स्थीरता , र सविधानको रक्षाको निम्ती भएको निर्वाचन वहकाउमा नलागी गठवन्धनलाई जिताउन आग्रह गर्नुभयो । खनालले कपिलवस्तुका नौ सिट नै गठवन्धनका उम्मेदावरले जित्ने दावी गर्नुभयो