नाम मिर्जा रासिद बेग ,उमेर ३८ चट्ट सिरमा सुहाउने ढाका टोपी । जो देखिन्छ भेटिन्छ नमस्कार आरामै हुनुहुन्छ, मत हजुरको मत माग्न आए नि ,मलाई यस पटक कोदालो बोकेको किसान चुनाव चिन्हमा हजुरको अमुल्य मत दिनुस है । हसिलो मुहार संगै यसरी मत माग्दा कस्को मन आर्कषित नहोला र ?
आसन्न निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. ३ (ख) मा जनता प्रगतिशिल पार्टिबाट उम्मेदवार बनेका बेग यसरी अहिले सबैले आसा गरेका व्यक्ति हुन । विकास र परिर्वतनबाट धेरै पछाडी रहेको क्षेत्रमा केहि परिर्वतन गर्ने सोच र लक्ष्य सहित चुनावी मैदानमा होमिएका उर्जावान व्यक्ति हुन मिर्जा रासिद बेग ।
चुनावी मैदानमा आएका थुप्रै उम्मेदवारले पत्रकार सम्मेलन, कार्यकर्ता बटुलेर आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरे । तर बेगले केहि फरक गर्ने सोचका साथ खेतमा धान काटिरहेका किसानहरुको विचमा गएर आफ्नो घोषणा पत्र सार्वजनिक गरे । किसानहरुको समस्या सुने ति समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।
एमबिए सम्म अध्ययन गरेको एउटा सफल व्यवसायि जनताको जिवनस्तर उकास्न,समृद्धि र विकास सगै सहज जिवनयापन गराउन यति वेला निर्वाचनमा होमिएको छ । बर्षौ देखि आश्वासनका भरमा नै आफ्नो मत दिदै आएका मतदाता अहिले केहि फरक गर्ने सोच, सहि भिजन र एजेण्डा सहित आएको उम्मेदवार प्रति आर्कषित हुनु पनि स्वभाविक नै हो ।
नेकपा एमालेमा रहेर राजनिति गर्दै आएका मिर्जा रासिद बेग । पार्टिले टिकट नदिए पछि जनता प्रगतिशिल पार्टिबाट चुनावमा होमिएका छन । एमाले भित्र रहदाँ नै कृष्णनगर नगरपालिकाको युवा संघको अध्यक्ष र एमाले भातृ संगठन मुस्लिम इत्तिहार संगठनको केन्द्रिय सदस्य पदमा रहेर काम गरि सकेकोले उनी संग युवाहरुको ठूलो समूह समर्थनमा छ ।
चुनावी माहोल तातिरहेको अवस्थामा क्षेत्र नं. ३(ख) का अन्य उम्मेदवारहरुको तुलनामा मिर्जा अब्बल रहेका छन । परिर्वतन चाहाने जनताले यस पटक मन र मत परिर्वतन गर्नेछन । जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने विकास र समृद्धिका एजेण्डा सहित आएका मिर्जा अहिले सबैको प्रिय बनेका छन भने अन्य उम्मेदवारहरुको लागी कडा प्रतिस्पर्धी बनेका छन ।