नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत संचालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगन्जमा बिश्व मधुमेह दिवस मनाइयो ।
नेत्र विशेषज्ञ डाक्टर शिलु थापाको अध्यक्षतामा भएको कार्यक्रममा आज अस्पतालमा आएका ४० बर्ष नाघेका आँखाका बिरामी र तिनका आफन्तहरुलाइ निशुल्क सुगर जाच र चिकित्सकिय परामर्श दिइएको प्रशासकीय अधिकृत जसराज बिश्वकर्मा ले जानकारी दिनु भयो ।
सो अवसरमा नेत्र विशेषज्ञ डाक्टर थापाले सुगर रोग,यसका लक्षण चिन्ह,यसले शरीर र आँखामा पर्ने असरको बारेमा सहभागीहरुलाइ जानकारी गराउनु भएको थियो । साथै उहाँले सुगर का बिरामीहरुले हरेक ६/६ महिनामा अनिवार्य रुपमा आँखाको जाँच गराइ अन्धोपन हुनबाट बच्न सल्लाह समेत दिनु भयो । ल्याब टेक्निसियन देबराज शर्मा लगायत को प्राबिधिक टोलि ले बिरामीहरु सुगर परिक्षण गर्नु भएको थियो । सो अवसरमा १५३ जनाको निशुल्क सुगर चेकजाँच गरिएको थियो ।